२९ कार्तिक पर्वत कूश्मा नगरपालिका वडा नं १ तल्लोपाडमा कार्यकर्ता भेटघाट तथा कोण सभा सम्पन्न भएको छ । नेपाली कांग्रेस कूश्मा नगरपालिकाका सभापती तथा नगर प्रमूख राचन्द्र जोशी र उप प्रमूख सीता काप्ले लामिछानेको उपस्थितिमा आगामी मंसीर २१ गते हुने निर्वाचनको लागी लोकतान्त्रिक गठवन्धनका साझा उम्मेदवार अर्जुन प्रसाद जोशी र प्रदेश सभा क क्षेत्र नं १ का उम्मेदवार नवराज गूरुडलाई कसरी विजय गराउने भन्ने विषयमा छलफल भएको थियो । तल्लो पाड वासी सवै कांग्रेस प्रति माया गर्नेहरु छोटो सूचनाको आधारमा उपस्थित भएको कूरा सावीक पाड वडा नं १ का नेपाली कांग्रेसका सभापती तारानाथ पौडेलले जानकारी दिए । समथर भूमी तत्लोपाड क्षेत्रका कार्यकर्ता मात्र लाई भेट घाट गर्ने कार्यक्रम भएता पनि उपस्थिति धेरै भएकाले कोण सभामा नै परिणत भएको थियो ।

उक्त भेटघाट तथा कोण सभालाई सम्वोधन गर्दै नगर सभापती तथा कूश्मा नगर प्रमूख जोशीले हामीहरु सामान्य कार्यकर्ता भेटघाट गर्न तल्लो पाडलाई मात्र लक्षित गरि आएको मा यहां हरुको कांग्रेस प्रतिको माया र लगनशिलताले भेटघाट कार्यक्रम नै सभामा परिणत भयो । उहांले पाड कांग्रसका लागी एउटा उर्जाशिल भूमी भएका कारण यहांको ढुड्गा माटो सवै लोकतन्त्रलाई माया गर्ने,कांग्रेसजनहरुलाई उर्जा दिने स्थान हो । यहां आउदा छुट्टै खालको आनन्दको अनूभूति हुने धारणा राख्दै स सानो कार्यमा कार्यकर्ता विच मत मतान्तर नगर्न सवैलाई आग्रह गर्नु भयो । सानो प्राविधिक कारणले वडा अध्यक्षमा पराजय भएता पनि नगर प्रमूख र उप प्रमूखलाई अत्याधिक मत दिएर विजयी गराउनू भएको छ त्यसको हरेक मतको वदला विकास गरेर देखाउने आपनो ईच्छा रहेको भनाई राख्नू भयो। नगरमा नेपाली कांग्रेसको वहुमत नएका कारण तपाईहामीले देखेका विकासका सपना पूरा गर्न नसकेकाले अव छिट्टै नगरको परिषद संपन्न गरि विकासका कार्यहरु अगाडी वढाउने धारणा राख्नू भयो । सानो प्राविधिक कमजोरीले नरगरमा नेपाली कांग्रेसको वहुमत आउन सकेन अव ति सवै कमजोरीहरुलाई सच्चाएर सवै कार्यकर्ता तथा मतदातालाई एकजूट हुन र लोकतन्त्रको पक्षमा भोट हाल्न आग्रह गर्नु भयो ।

उक्त कोण सभालाई सम्वोधन गर्दे कूश्मा नगरका उप प्रमूख तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सीता काप्ले लामिछानेले अहिलेको चूनाव भनेको लोकतान्त्रिक शक्ति र वाम शक्ति विचको जनमत संग्रह जस्तै भएकाले यहां कूनै व्यक्ति जित्नू हार्नु भन्दा पनि लोकतन्त्रले जित्नू पर्ने भएकाले सूझवूझका साथ रुख चिन्हमा मतदान गरि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मतले विजयी गराउन आग्रह गर्नु भयो । उहांले नगरमा महिला,दलित विपन्न वर्गका लगाी छुट्टै कार्यक्रम ल्याएर नगरवासीको आवश्यकताको संवोधन गर्ने धारणा समेत राख्नू भयो ।

कार्यक्रममा साविक पाड १ का सभापती तारानाथ पौडेलले पाडमा सानो प्राविधिक कारणले वडा अध्यक्ष हारेर नगरमा नै कांग्रेसको वहुमतका लागी ठूलो धक्का पू-याएकाले उक्त कार्यका लागी सवै पाडवासी नै पछुताएको धारणा राख्नू भयो । उहांले अव सवै नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन लाग्ने र कूनै व्यक्तिवादी नगरी फेरी पछुताउनु पर्ने कूनै कमजोरी नगर्न पाड वासी सचेत भएको धारणा राख्नू भयो, पार्टी सभापतीखगराज पौडेल,वडा सदस्य खगेन्द्र रिजाल,काग्रेसका महिला नेतृ द्रौपती रिजाल,भक्ती विलास रिजाल,वावूराम रिजाल,लगायतले धारणा राख्दै तल्लोपाड वासी लगायत सवै पाडवासी कांग्रेसहरु एकजूट भएको,वाहीरा सूने जस्तो पाडका कांग्रस विच कूनै फुट र समस्या नभएको समेत धारणा राखे ।

युवाहरुले यूवाहरुको समस्या,पाड धैरैनी उच्च मा वि को समस्या लगायतका विषयमा अन्तरकृया गरेका थिए । उक्त कार्यक्रममा कांग्रेसका कृयाशिल सदस्यहरु,महिला,दलित झण्डै ३०० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कूश्मा नगरपालिका वडा नं २ का वडा अध्यक्ष यदूनाथ वास्तोला,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेश वहादूर क्षेत्री,निर्माण व्यवसायी श्रमीक संघका जिल्ला अध्यक्ष पूस्कल सूवेदी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here