२९ कार्तिक पर्वत, नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर दिनदिनै बढिरहेको छ । बामगठबन्धनको पकेट क्षेत्र मानिएको पर्वतको कार्कीनेटा एमाले र माओवादी केन्द्र परित्याग गरि एक दर्जन युवा काँग्रेसमा प्रवेश गरेका हुन् । चुनावी अभियान लिएर पर्वतको कार्कीनेटा पुगेको टोलीले उनीहरुलाई सदस्यता वितरण गरेको थियो ।

प्रवेश गर्नेहरुमा ढाकाराम विश्वकर्मा, सन्तोष सुनार रसाईली, लिलादेवी सुनार, मायादेवी सुनार, उर्मिला पौडेल, जमुना सुनार, कुमार परियार, चन्द्रप्रसाद पाध्य, कृष्ण चपागाई, खिमवहादुर दर्जि रहेको दलित संघका अध्यक्ष यामपरियार‘शिव’ले जानकारी दिनुभयो । बामगठबन्धनका प्रतिनिधीहरुले आफुहरुलाई संविधान सभाको निर्वाचन र स्थानियतहको निर्वाचनमा झूट्टा आश्वासन दिएको भन्दै समाज र मुलुकको नेतृत्व र विकासका लागि वामगठबनधनवाट सम्भाव नभएको उनीहरुको धारणा थियो ।

सदस्यता वितरण गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले युवाहरुको भावना बुझेर काम गर्ने आश्वासन दिनुभयो । उहाँले पर्वतको मुख्य समस्या भनेको बेरोजगार भएको बताउँदै युवाहरुलाई क्षमता अनुसारका काम दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले विदेशमा भएका युवाहरुलाई स्वदेशमा फर्किन आग्रह समेत गर्नुभयो ।

प्रदेस सभा ख क्षेत्र नं. २ का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले युवाहरुको आगमनले आफुलाई हौसला थपेको बताउनु भयो । तपाईहरु ढुक्क हुनुहोस्,तिवारीले भने,‘हामी तपाईहरुलाई आश्वासन दिन्नौ , तर, जे बोल्छौ त्यो पुरा गछौ, ।’ उहाँले मुलुकमा बामगठबन्धनले साम्यवादी व्यवस्था ल्याउन खोजेको बताउँदै सवै मतदाताले लोकतन्त्रको पक्षमा रुख चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here