पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले विकासका पूर्वाधारमा लहर ल्याउन बताएका छन् ।
लोकतान्त्रिक गठवन्धनले चुनावी प्रचार मंगलवार फलेवास नगरपालिका ३ शंकरपोखरी र थापाठानामा आयोजना गरेको कोण सभालाई सम्वोधन गदै पर्वत क्षेत्र नम्वर २ विकासमा पछाडी परेको बताउँदै आव, आफ्नो जित सँगै विकासको बाढी ल्याउन उद्घोष गरेका छन् । मलाई विश्वास छ, ‘म जनताको सेवाक हुँ मलाई राजनितिकमा लागेर दुई÷चार पैसा कमाउने लोभलालच छैन–जोशीले भने, ‘जनताको आवश्यकता हेरेर काम गरेको छु, त्यसैले तिन÷तिन पटक मलाई जनताले रोज्नु भयो, मलाई विश्वास छ पर्वतवासी जनताले फेरी एक पटक मलाई रोज्ने छन्– उनले भने, ।’
‘मेरो प्रतिप्रर्धा कसैसँग छैन, छ भने लोकतन्त्र र समृद्धि सँग छ । मैले अरुलाई मेरो प्रतिष्पर्धा ठानेको छैन ,।’ बामगठबनधनले मुलुकमा साम्यवादी ल्याउन खोजेको भन्दै सचेत रहन मतदातालाई आग्रह गरे । लोकतन्त्र रहेमात्र देश रहने र जनता सार्वभौम वन्ने उहाँको भनाई छ ।
वामगठवन्धनले नेपालीको ठुलो योगदान र वलिदानीवाट प्राप्त संविधान र लोकतान्त्रिक व्यवस्थाको घाँटि निमोठ्न लागेकाले लोकतन्त्र वचाउन रुखमा भोट हाल्न उनले मतदाताहरुलाई आग्रह गरे ।
उनले शंकरपोखरी थापाठाना, कार्किनेटा र भंगाराका मानिसहरु ओहोरदोहोर गर्ने साईकलचोक देखि चुचुनदेउराली हुँदै भंगारा जाने ग्रामीण सडक पक्कि वनाउने, उक्त क्षेत्रमा कृषिको आधुनिकिकरण गर्ने, उक्त क्षेत्रमा पायक पर्ने गरि सुविधा सम्पन्न स्वास्थ्यचौकी र विद्यालयहरुमा प्राविधिक शिक्षा सञ्चालन गर्न पहल गर्ने जोशीले उद्घोष गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here