२८ कार्तिक  रोटरी क्लव पर्वतको आयोजना तथा ईनरह्लील क्लव पर्वतको समन्वयमा रोटरी क्लव अफ पर्वत पर्वतका पूर्व अध्यक्ष गोपी अधिकारी ईनरह्लील क्लव अफ पर्वतका उपाध्यक्ष जमूना अधिकारीको जन्म दिवशको अवसरमा कूश्मा नगरपालिका वडा नं ९ कटूवा चौपारीमा ३५ जना जेहेन्दार विद्यार्थीहरुका लागी एक वटा कम्प्यूटर शैक्षिक सामाग्री,झोला,एक वर्षका लागी कपि,कलम लगायतका रु एक लाख वरावरको सामग्री वितरण गरिएको छ ।

आपनो जन्मदिनको अवसर पारेर पूर्व अध्यक्ष अधिकारीले फजुल खर्च तथा भोज भतेरमा खर्च गर्ने रकमलाई जोगाएर आफू जन्मेको गाउको जन प्रीय प्राथमिक विद्यालयको आवश्यकता देखेर शैक्षिक सामाग्री तथा कम्प्यूटर वितरण गरेका हून।
उक्त कार्यक्रममा प्रमूख अतिथिको रुपमा वोल्दै पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछानेले आपनो गाउमा उदारदिलका धनी समाजसेवी पर्वत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका गोपी अधिकारीको उच्च प्रशंसा गर्दै वितरण गरिएका सामाग्रीहरुको सहि प्रयोगका लगाी आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा अधिकारीका पिता दिपक अधिकारी,माता लक्ष्मी अधिकारी, पूर्व अध्यक्ष प्रेम शर्मा पौडेल,गणेश वहादूर क्षेत्री निवर्तमान अध्यक्ष गणेश पौडेल,उपाध्यक्ष केदारनाथ शर्मा,उपाध्यष रामकृष्ण रेग्मी,रोटरीयन देवी पौडेल,नेत्र अधिकारी,रमेश शर्मा विद्यालयका प्र अ रमाकर अधिकारी,ईनरह्लील क्लव अफ पर्वतका अध्यक्ष चन्द्रकला पौडेल लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता रोटरी क्लव अफ पर्वतका अध्यक्ष विप्लव हमाल,कार्यक्रम संचालन रोटरी क्लव अफ पर्वतका निवर्तमान अध्यक्ष गणेश पौडेलले गरेका थिए । भने स्वागत चन्द्रकला शर्मा र धन्यवाद रोटरी क्लव अफ पर्वतका उपाध्यक्ष रामकृष्ण रेग्मीले गरेका थिए ।
उक्त कार्यक्रममा विद्यालयका शिक्षक,विद्यार्थीहरु र ईनरह्लील क्लवका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here