२७ कार्तिक

जाजरकोट । जाजरकोटका नेपाली कांग्रेस प्रतिनिधी सभा उम्मेदवार राजीवविक्रम शाहले एक सुत्केरी महिलाको ज्यान बचाएका छन् । शाहले हेलिकप्टर मार्फत उच्च रक्तश्रावबाट पिडित कुशेगाउपालिका ८, रिजापहाडाकी ३० बर्षीय चन्द्रादेवी रोका मगरलाई नेपालगंज पठाएर ज्यान जोगाएका हुन् ।

१८ घण्टा सम्मको लगातार रक्तश्राव नरोकिएपछि मगरलाई शाहको पहलमा थप उपचारका लागि हेलिकप्टरद्वारा नेपालगंज पुर्‍याइएको  हो । मगर ९ दिन अघि दुर्गम गाउ रिजापहाडा स्थित घरमै असुरक्षित सुत्केरी भएकी थिईन् ।

प्रतिनिधी सभाका उम्मेदवार शाहले ५ लाख निजी खर्चमा सुत्केरीको उद्धार गर्न हेलिकप्टर उपलब्ध गरेको कुशे गाउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । चुनावी अभियानको क्रममा रिजापहाडा देखि २५ कोस टाढाको जुनीचादे गाउपालिकामा रहेका शाहलाई फोन मार्फत सुत्केरीको उच्च रक्तश्रावबाट ज्यान जान लागेको भन्ने खबर गरेपछि शाहले हेलिकप्टरको ब्यबस्था गरेको अध्यक्ष बस्नेतले बताए । समाजसेवी शाहले तत्काल हेलिकप्टरको ब्यबस्था नगरेको भए सुत्केरीको ज्यान जाने खतरा रहेको बस्नेतले बताए ।

यसका साथै शाहले विदेशी डाक्टरहरुको सहभागीता गराएर बेला बेलामा जाजरकोटका गाउँमा स्वास्थ्य शिविर सञ्चाल गरेर सेवा प्रदान गर्ने  गरेका छन् । युवाहरुको रोजगारीको लागी नेपाली सेनाको हेडक्वाटरसँग समन्वय गरेर सेनाको भर्ति सेन्टरको सुरुवात गरेको बताएको छ ।

जाजरकोटमा २०६६ सालमा फैलिएको झाडापखाला र २०७२ सालमा फैलिएको स्वाइनफ्लुको समयमा औषाधि सहित काठमाडौंबाट आफ्नै खर्चमा हेलिकप्टरमा विशेषज्ञ सहित डाक्टरहरुको टोली ल्याएर आफै गाउँ गाउँमा पुगेर सर्वसाधारणको उपचार गरेका थिए ।  उनले २०७१ मंसिर र २०७३ फागुनमा भएको बस दुर्घटनामा घाइते भएकाहरुलाई आफ्नै खर्चमा हेलिकप्टरमा लिएर नेपालगञ्ज लगायतका ठाउँमा उपचार गराएका थिए ।

गाउँमा राम्रो स्वास्थ्य संस्था नहुँदा बेला बेलामा जाजरकोटी जनताले धेरै दुःख पाएको भन्दै सांसद शाहले व्यक्तिगत ५ करोड रुपैयाँको लगानीमा कुमारी ट्रस्ट मार्फत २५ शैयाको अस्पताल निर्माण गर्न सुरु गरेका छन् । छेडागाड नगरपालिका ५ थलबजारमा निर्माण हुन लागको अस्पतालबाट जाजरकोटी जनताले सेवा लिन सहजा हुने उनको विश्वास छ । यो अस्पताल निर्माण भएमा जटिल प्रकारका अप्रेशन देखी सामान्य रोगको उपचार सेवा पाउने विश्वास  छ ।