२७ कार्तिक उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले नेपालको राज। नीतिक इतिहास र विकास निर्माण अभियानमा नेपाली कांग्रेसले जिम्मेवारीपूर्वक कार्य गर्दै आएको कुरा सबै नेपाली जनताका माझमा छर्लङ्ग रहेकाले कुनै पनि शक्तिले कांग्रेसलाई हराउन नसक्ने ठोकुवा गरेका छन् ।
उपप्रधानमन्त्री गच्छदारले वाम गठबन्धन अर्थात् कम्युनिष्टको अस्वस्थ मिलनको गठबन्धनले लोकतन्त्र र नेपाली जनताको भाग्य र भविष्यका लागि बारम्बार आहुति दिँदै आएको कांग्रेसलाई हानी नपुग्ने दाबीसमेत गरे
।
गच्छदारले महामानव बिपी कोइरालाले कल्पना गरेको प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा उतार्न धेरै प्रयत्न गरेको र त्यसको उदाहरणस्वरुप विकास योजना गरिबको विकासलाई लक्षित गरेर ल्याएको कुरा भुल्नु हुँदैन भन्दै राजधानी जोड्ने छोटो दूरीको सिन्धुली सडकदेखि मध्यपहाडी क्षेत्र हुँदै राजधानी काठमाडौँ जोड्न तयार हुँदै गरेको मध्यपहाडी सडक आदि पनि त्यसैका ज्वलन्त उदाहरण भएको बताए ।