२७ कार्तिक

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक प्रदीप खड्का जोडीका रुपमा पर्दामा आउने भएका छन । ‘ड्रिम्स’ र ए मेरो हजुर २’ बाट हिट नायिकाको रुपमा आफूलाई प्रमाणित गरेकी साम्राज्ञी र ‘प्रेम गीत’को दुईओटा सिरिजबाट आफुलाई अब्बल ठहर्याईसकेका प्रदीप चलचित्र ‘भैरवी’मा काम गर्ने भएका छन् ।

नयाँ बर्षमा नेपाल र भारतको बनारसमा सिनेमाको छायांकन सुरु गर्ने निर्माण टीमको तयारी छ । दिनेश राउतले निर्देशन गर्ने यस चलचित्र २०७५ सालको भ्यालेन्टाइन डेको अवसर पारेर प्रदर्शन गरिने छ । अनमोल केसीको अभिनय रहेको चलचित्र ‘कृ’ निर्माण गरिरहेका सुवास गिरीले निर्माण गर्ने चलचित्र ‘भैरवी’का लागि प्रदीपसँग सम्भौता भईसकेको छ । चलचित्रका लागि साम्राज्ञीले छिट्टै साइन गर्ने निर्माण पक्षले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here