पर्वत, कार्तिक २६–बामगठबन्धनको नाममा भरिएको गाग्री हल्लाएझै एमाले र माओबादीका केही नेता छछल्किदै गर्दा पर्वतमा भने नेपाली काँग्रेसको पक्षमा लहर नै आएको छ । चुनाव प्रचारप्रसारमा हिडेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशी र प्रदेशसभातर्फ पर्वत ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीलाई भने अन्य पार्टी परित्याग गरी आएका कार्यकर्तालाई प्रवेश गराउनमै भ्याइनभ्याई भएको छ ।

पैंयूँ गाउँपालिकाबाट बिहादी गाउँपालिका हुँदै फलेबास नगरपालिका छिरेका जोशी र तिवारीले पाङराङ, कुर्घा, ठानामौला र लिमिठानामा एमाले र माओबादी परित्याग गरी दर्जनौ युवालाई नेपाली काँग्रेसमा स्वागत गरेका छन् । आजै जोशी र तिवारीले भिमिक्क रात पर्दासमेत लिमिठानाका एक दर्जन युवालाई काँग्रेसमा भित्राएका छन् ।

नेपाली काँग्रेसमा प्रवेश गरेकाहरुले जिल्लाको विकास र समृद्धि ल्याउने नेपाली काँग्रेसमात्रै भएको भन्दै बामगठबन्धनलाई भोट दिनु भनेको मकैको सुली बनाउन बाँदरलाई जिम्मा दिनु सरह भएको बताएका थिए । स्थानीयबासीलाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा उम्मेदवार अर्जुनप्रसाद जोशीले पर्वतेली जनताले शान्ति, स्थिरता, विकास र समृद्धि चाहेकाले नेपाली काँग्रेसको जित निश्चित भएको बताए । उनले काँग्रेससँग कसैको प्रतिष्पर्धा नै नभएको बताए ।

उता पर्वत ख का प्रदेशसभा सदस्य उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले जिल्लाभर नेपाली काँग्रेसको लहर आएको भन्दै काँग्रेसको जित रोक्ने तागत कसैसँग नरहेको दाबी गरे । उनले पर्वतेली जनता सधै झुटा आश्वासन दिने, अवसर आउदा दलित, जनजाति र महिलाको अधिकारसमेत खोसेर आफ्नै छोराछोरी र आफन्तलाई दिनेको पक्षमा नभएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here