२६ कार्तिक पर्वत–पैंयू गाउँपालिकाको हुवासदेखि बिहादी गाउँपालिकाको बर्राचौरसम्मको सडक यसैबर्ष कालोपत्रे हुने भएको छ । २०६३ सालमा संसद पुर्नस्थापना भएपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् निवर्तमान सांसद अर्जुनप्रसाद जोशीको पहलमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालिन अर्थमन्त्री डा.रामशरण महतले ४० लाख रुपैयाँ छुट्याएको यो सडकमा चालु आर्थिक बर्षमा कालोपत्रे हुने भएको हो ।

काँग्रेस नेता जोशीको पहलमा सडक बिभागले ठेक्कामार्फत सडकको कालोपत्रे सुरु गर्ने तयारी गरेको हो । ‘०६३ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालिन अर्थमन्त्री डा.रामशरण महत भएको बेला ४० लाख रुपैयाँ बिनियोजन गराएका थियौ’ पर्वतबाट प्रतिनिधिसभा उम्मेदवार समेत रहेको काँग्रेस नेता जोशीले भने–‘चालु आर्थिकबर्षदेखि कालोपत्रेको काम सुरु हुदैछ ।’

उनले पर्वतको दक्षिण भेगमा एक इन्चपनि सडक कालोपत्रे नभएको बेला दक्षिणका जनतालाई निकै सहज हुने बताए । ‘मेरो क्षेत्र पर्वत १ भएपनि विगतमा पनि हरेक वडामा बार्षिक कुनै न कुनै योजना पर्वत २ मा पार्दै आएको थिए, यसपटक मेरो क्षेत्र भएपछि अब त्यहाँका अत्यावश्यक समस्यालाई क्रमिक रुपमा पुरा गर्दै जान्छु’ जोशीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here