२६ कार्तिक

महेन्द्रनगर : कैलालीको फल्टुडेमा बस सडकबाट भीरमा खस्दा २७ जना घाइते भएका छन्। बैतडीको मेलौलीबाट महेन्द्रनगर तर्फ आइरहेको ना ७ ख २७२३ नम्बरको बस सडकदेखि तल भीरमा खस्दा २७ जना घाइते भएका हुन्।घाइते मध्ये १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।अस्थायी प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवल्दार वीरसिंह धामीका अनुसार आइतबार बिहान बस सडकदेखि ६० मिटर तल खसेको हो।

बैतडीको मेलौलीबाट महेन्द्रनगर तर्फ आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका-३ धपेनी भन्ने ठाउँमा दुर्घटना हुन पुगेको हो।बिहानको समयमा सडकमा लागेको हुस्सुले सडकको अगाडिको भाग नदेखिएपछि तल खसेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।दुर्घटना लगत्तै प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएर उद्वारको काम गरेका हुन् ।

घट्नास्थलबाट तत्कालै उद्वार गरेर घाइतेहरुलाई अत्तरियातर्फ पठाईएको छ।‘हामीले समयनै सबैको उद्वार गरेर अस्पताल तर्फ पठाईसकेका छौं’ टेलिफोनमा प्रहरी हवल्दार धामीले भने,‘ घाइते मध्ये ५÷६ जना निकै गम्भीर रहेका छन्’।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here