२५ कार्तिक

कञ्चनपुर। कञ्चनपुर–३ मा नेपाली काँग्रेस पार्टी प्रवेश गर्नेमा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट गत स्थानिय निर्वाचनमा महाकाली नगरपालिकाका मेयर पदका उम्मेदवार पनि थपिएका छन्।

जनमुक्ति पार्टीका नेता फागुनेराम दमाई कार्यक्रता सहित नेपाली कांग्रेस प्रवेश गरेका छन् । महाकाली नगरपालिका वडा नम्बर २ को मायापुरी सामुदायिक बन छेउँमा शनिबार भएको चुनावी सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य, पूर्व मन्त्री एवं यस क्षेत्रका प्रतिनिधि सभा सदस्य उम्मेदवार रमेश लेखकले उनलाई माला र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।

राष्ट्रिय स्तरमा समेत छवि बनाउन सफल विकास प्रेमी नेता लेखकलाई जिताउन आफू कार्यक्रता सहित पार्टी प्रवेश गरेको उनले बताए ।

नेपाली काँग्रेस महाकाली नगरसमितिका अध्यक्ष डम्बर चन्दका अनुसार शनिबार नै राप्रपाका डम्बर देब भट्ट लगायतका दुई दर्जन नेता तथा कार्यक्रता समेत नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

लेखक लगायत नेताको पहल पछि महाकाली नगरपालिका काँग्रेसमय भइरहेको छ । नेता लेखकको लोकप्रियता बढ्दै गइरहेको बेला कम्युनिष्ठ गठबन्धनका नेता कार्यकर्ता भने निरास बन्दै गइरहेका छन् ।

जनतामा भिजेको, कार्यकर्ता चिनेको र विगतमा निर्वाचनको कुनै अनुभव समेत नभएको व्यक्तिलाई उम्मेदवार बनाएपछि कम्युनिष्ट गठबन्धनभित्रै असन्तुष्टि रहेको एक एमाले नेताले बताए ।

कम्युनिष्ट गठबन्धनबाट यो क्षेत्रको भूगोल समेत थाहा नभएका एकदमै नयाँ अनुहारलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको टिप्पणी स्थानिय एमाले कार्यकर्ताको छ ।

निर्वाचन नजिकिदै जादा काँग्रेस कार्यकर्ता उत्साहित हुदै गइरहेका छन् भने कम्यूनिष्ट गठनबन्धनमा निरासा छाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here