२५ कार्तिक

पर्वतमा नेपाली काँग्रेसको टोलीले आज कूर्घा र वाच्छामा घरदैलो र कोणसभा गरेको छ । आगामी प्रतिनिधी सभा र प्रदेशसभाको निर्वाचन केन्द्रित चुनावी प्रचार कार्यक्रम अन्तर्गत वाच्छा र पाडराडमा भएको कोणसभामा वोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले लोकतन्त्रको रक्षा, आर्थिकसमृद्धि र आफुले पर्वतको विकासका लागी कोरेका अपूरा योजनाहरुको पूर्णता दिनका लागी आफुले उम्मेदवारी दिएको जानकारी दिए । गाउँ गाउँमा घरमा नै वसेर गर्न सकिने उद्यमको विकास गर्न,महिला,दलित विपन्नको मूहारमा खुशी ल्याउन आफुले सवै समय खर्च गरेको वताउदै अव वन्ने केन्द्र र प्रदेश सरकारमा नेपाली कांग्रेसका उम्मेदवारहरुले विजय प्राप्त गरि कसैले खोस्न नसक्ने लोकतन्त्रको जगमा विकासको मूल फुटाउने दावी गरे । यि सबै कुरा प्राप्ती गर्न रुखमा भोट हालेर लोकतन्त्रवादी नेतृत्वलाई विजयी गराउन आग्रह गरे ।

त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले पर्वतका जनताका विचमा म ईमान्दार पूर्वक काम गर्ने गरि यूवा जोस र
जांगर ल्याएर आएको छु । मैले यस क्षेत्रका लागी देखेको सपना पूरा गर्न तपाईहरुको अमूल्य मत चाहिएको छ त्यो अमूल्य मत रुख चिन्हमा दिई लोकतन्त्रवादीलाई जिताउन आग्रह गरे ।
वाच्छा र पाडराडमा भएको कोण सभामा नेपाली काँग्रेसका महासमिति सदस्य गंगाधर तिवारी,महाधिवेशन प्रतिनिधि मूना भूषाल, राधाकुमारी कुँवर क्षेत्री,क्षेत्रिय सभापती क्याप्टेन धन वहादुर थापा, पूर्व महासमिति सदस्य गंगाराज शर्मा,जिल्ला कार्य समिति सदस्य मान वहादुर भूषाल, क्षेत्रीय सचिव सुमन तिवारी लगायतले वोलेका थिए ।

त्यस्तै नेपाली काँग्रेस पर्वत क्षेत्र नम्वर १ को चुनाव अभियान अन्र्तगत आज कूश्मा नगरपालिका वडा नं ११ पकूवामा घरदैलो तथा भेटघाट कार्यक्रम गरिएको छ । प्रदेश सभा क क्षेत्र नंं १ का उम्मेदवार नवराज गुरुङले स्थानिय मतदाताको घरदैलोमा पूगेर मतदाता संग अन्तरकृया गरेका छन् । घरदैलो प्रश्चात कोण सभामा बोल्दै उम्मेदवार नवराज गुरुङले पकूवाको विकासका लागी आफु पार्टि सभापती हुदा पनि कार्य गरेको स्मरण गर्दै,पूर्व माननिय सांसद अर्जुन प्रसाद जोशीले गरेका कामको समेत स्मरण गरे । हिजो सानो गल्तीका कारण कूश्मा नगरपालिका अल्फमतमा परेको कूरा गर्दै पकूवामा वडा अध्यक्ष जसरी पनि जित्नु पर्ने तर प्राविधिकक कारणले हारीन गएको छ जस्का कारण आज नगर वन्धक जस्तै भएको छ ।

त्यसकारण लोकतनत्रवादीको विजय भएमा प्रदेश सरकार वन्ने छ र प्रदेश वाट आफुले कार्य गर्ने कूश्मा नगरमा नगर प्रमूख र उप प्रमूखले कार्य गर्ने भएकाले पकूवाका मूख्य सडकहरु लगायतका कार्यहरु दिगो रुपमा अगाडी वढाउने धारणा राखे । जस्का लागी प्रत्यक्ष र समानूपातिक उम्मेदवारहरुका लागी रुख चिन्हमा मतदान गर्न आह्वान गरे । पकूवाको विकासका लागी आफू हिजो, आज र भोली मात्र हैन आजिवन प्रतिबद्ध रहने बताए । संभवत अव प्रत्यक्ष निर्वाचन लड्ने मेरो अन्तिम पनि हुन सक्छ त्यसकारण यस पाली सवै मतदाताहरुले माया गर्नुहुनेछ र तपाईहरुको सेवा गर्ने ढोका खोलिदनिुहुनेछ भन्ने विश्वास व्यक्त गरे वि।स। २०४६ सालमा उम्मेदवार भए पछि पून फेरी २६ वर्ष पछि एउटा अथक योद्धाको रुपमा २०७४ सालमा समेत उम्मेदवार भएको छु ।  पार्टीले मलाई माया गरेको छ तर मतदाताको मन जित्न सकेको थिईन यस पाली पक्कै मन जित्नेछु भन्दै उपस्थित सवैलाई धन्यवाद समेत दिए ।

उक्त कोणसभामा नेपाली काँग्रेसका समानूपातिककका उम्मेदवार ललितकला गूरुड कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उप–प्रमुख सिता काफ्ले लामिछाने,राप्रपा पर्वतका प्रवक्ता प्रभू गूरुड,नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्य डा चुडामणी शर्मा क्षेत्रिय कोषाध्यक्ष रमेश वम मल्ल लगायतले मन्तव्य व्यक्त गर्दै रुख चिन्हमा मतदान गरि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरे ।

उक्त कर्यक्रमको अध्यक्षता कूश्मा न पा वडा नं ११ पकूवाका वडा सभापती हर्क वहादुर मल्लको अध्यक्षतामा र कार्यक्रम संचालन तरुण दलका वडा अध्यक्ष अनूज मल्ल र स्वागत वडा कार्य समीती सदस्य गणेश वहादुर क्षेत्रीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here