२५ कार्तिक
पर्वत, कार्तिक २५–बामगठबन्धन भएकोमा असन्तुष्टि व्यक्त गर्दै एमाले र माओबादीका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आज बिहादी गाउँपालिका वडा नम्बर ६ बाच्छामा दर्जन भन्दा बढी नेकपा एमालेका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जनताले लगाएको कामै नगर्ने गफ मात्रै गर्ने एमाले र जनयुद्धको नाममा हजारौ नेपाली जनताको ज्यान लिने पार्टी माओबादीबिचको गठबन्धनले मुलुकको हित नगर्ने सोचेर आफुहरु नेपाली काँग्रेसमा समाहित भएको उनीहरुले बताएका छन् ।

काँग्रेसमा प्रवेश गर्नेलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पर्वतका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्जुनप्रसाद जोशी, प्रदेशसभा पर्वत ख का नेपाली काँग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद तिवारी, नेपाली काँग्रेस महासमिति सदस्य गंगाधर तिवारीले अबिर लगाएर स्वागत गर्दै पार्टीको साधारण सदस्यता प्रदान गरेका छन् । पार्टी प्रवेशका क्रममा जोशीले पर्वतमा नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका तीनै सिट जित्ने बताए ।

पर्वत काँग्रेसका उम्मेदवारहरु अनूभवले खारिएका,कर्मठ,लगनशीलत,जोश र जांगर भएका छन् त्यस कारण जनताले मनै वाट स्वीकार गरेका छन् । बामगठबन्धनमा भएपनि ईमान्दार,लोकतन्त्रप्रेमी एमाले र माओबादीका धेरै कार्यकर्ताले नेपाली काँग्रेसलाई मत दिने दाबी गर्दै केन्द्रिय सदस्य जोशीले बामगठबन्धनको नाममा एमाले र माओबादीले जनतालाई भेडासम्झेको भन्दै उनले लोकतन्त्रको रक्षा र पर्वतको समग्र विकासका लागि काँग्रेसको पक्षमा जिल्लाभर लहर आएको बताए ।
प्रदेशसभाका पर्वत ख का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले गाउँगाउँ र टोलटोलमा जनताले देखाएको मायाले उत्साह थपेको भन्दै काँग्रेसको जित कसैले रोक्न नसक्ने बताए । उक्त प्रवेश कार्यक्रम विहादी गाउंपालिका वडा नं। छ का सभापती सेवक नाथ आचार्य,महासमीती सदस्य गंगाधर तिवारी,क्षेत्रीय सभापती क्याप्टेन धन वहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here