२५ कार्तिक

इनरुवा(सुनसरी)। नेपाली कांग्रेसका नेता तथा उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले शुक्रबार राष्ट्रिय जनता पार्टी नेपालका किसान संघका केन्द्रिय अध्यक्ष सुरैत यादव सहित दर्जनौ नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गराएका छन् ।  नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति २ सुनसरीले सदरमुकाम इनरुवामा आयोजना गरेको प्रतिनीधि तथा प्रदेशसभा निर्वाचनको बिषयमा छलफल कार्यक्रममा राजपा नेपालका किसान संघका केन्द्रिय अध्यक्ष सहित दर्जनौ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन ।

कार्यक्रममा संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य एस एन मेहता, माओवादी केन्द्रका कलामुदिन अंसारी, चनरदेव पौदार, सम्भु सरदार, चन्देश्वर मण्डल, रामजी मेहता, सन्तकुमार मेहता लगायतका नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको पार्टीका जिल्ला सचिव केदार भण्डारीले जानकारी दिएका छन् ।

नवप्रवेसीहरुलाई मन्त्री विजयकुमार गच्छदार, सुनसरी क्षेत्र नम्वर २ का प्रतिनीधिसभाका उमेदवार सिताराम मेहता, प्रदेशसभा २ (क) का उमेदवार हेमकर्ण पौडेल, प्रदेशसभा २(ख)का उमेदवार राजिव कोइराला लगायतका नेता तथा कार्यकर्ताहरुले फुलमाला, अवीर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा गच्छदारले  पाँच वर्षभित्र सुनसरीका सबै बाटो कालोपत्रे गरिने बताएका छन् । उनले मुलुकमा संविधानसभाबाट संविधान जारी भएसंगै राजनीतिक व्यवस्थाको टुंगो लागेको हुनाले अब मुलुक सुशासन र विकासको मार्गमा अगाडि बढ्ने उल्लेख गरे। उनले अब विकास निर्माण र जनताको जीवनस्तरे सुधारका लागि काम गर्ने बेला आएको बताए ।

मन्त्री गच्छदारले सुनसरीको क्षेत्र नम्वर ३ सहित सबै बाटोहरु कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले ४७ वर्ष सक्रिय राजनीति मै बिताएको र २०४८ साल देखि नियमित रुपमा सुनसरीको क्षेत्र नम्वर ३ बाट पाँचौ  पटक जितिसकेको बताए । सो क्षेत्रका जनताको अपार माया पाएकोले आसन्न निर्वाचनमा ठूलो मतान्तरले विजयी बन्ने विश्वास व्यक्त गर्दै उनले आउदो ५ बर्षमा देशमा कायापलट गर्न सकिने बताए

सुनसरी क्षेत्र नम्वर ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनीधिसभाका उमेदवार समेत रहेका मन्त्री गच्छदारले उक्त क्षेत्रको माटो र पानीसंग आफ्नो नाता गाँसिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here