२५ कार्तिक

महेन्द्रनगर । कञ्चनपुरमा पूर्व सेनानीसहित ७६ जना पूर्व सैनिक नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने वेदकोट नगरपालिका–७ मुसेपानीमा शनिबार आयोजित काँग्रेसको चुनावी सभामा पूर्व सेनानी नैनसिँह चैंसिरसहित पूर्व मानार्थ उपसेनानी, प्रमुख सुवेदार, जमदार, हुद्दा, अमलदार, तथा सिपाई गरी ७६ जना पूर्व सैनिकहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई काँग्रेस केन्द्रीय सदस्य एनपी साउदले पार्टी प्रवेश गराए । पूर्व मानार्थ उपसेनानी शेरसिँह भण्डारी, प्रमुख सुवेदार तिलक चन्द, जमदारहरु मिनराज भट्ट, मोहनसिँह धामी, प्रेमसिँह रैखोला, हुद्दा आनसिँह विष्ट, आनसिँह चैंसिरलगायत वडा नम्बर ७ का ७६ जना पूर्व सैनिकहरु काँग्रेस प्रवेश गरेका जिल्ला सहकर्मीले जानकारी दिएका छन् ।

काँग्रेसले शनिबार दिउँसोसम्म वेदकोट नगरपालिका–७ सुडा र मुसेपानी र भिन्डी चौराह गरी तीन स्थानमा चुनावी सभा गरेको थियो ।

यस्तै, मायापुरीमा भएको कार्यक्रममा क्षेत्र नम्बर ३ का उम्मेदवार रमेश लेखकले एक सय ५० बढी नेता कार्यकर्ता काँग्रेस प्रवेश गराएका छन् ।

उनले कार्यक्रमा अबको एजेण्डा रोजगारी र आर्थिक समृद्धि नै भएको बताए । उनले कञ्चनपुर लगायत प्रदेश ७ को विकासको नेतृत्व काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here