२५ कार्तिक
पर्वतको महाशिला गाँउपालिकाको भोक्सिङ र होश्राङदीमा बामगठबन्धनको चुनावी प्रचार प्रसार अभियान सम्पन्न भएको छ ।
होहड्दीमा भएको सभालाई संवोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य बिजय गुरुङले देशभर चलिरहेको बाम गठबन्धनको चुनावी लहर र एकताको कारण प्रदेशसभा र प्रतिनिधि सभामा बामपन्थीहरुले नै जितेर सत्ता चलाउने दाबी गरे ।

प्रतिनिधीसभाका उम्मेद्धार पदम गिरीले वि।स।२००७ साल देखि वीचमा केही समय छोडेर अधिकांस समय कांग्रेसले सत्ता समाले पनि देशमा आर्थिक र सामाजिक क्रान्ति गर्न नसकेकाले नै विकास र समृद्धीका लागि पनि कम्यूनिष्टहरुको विकल्प नरहेको बताए ।

पहिलो पटक प्रतिनिधी सभाको लागी चुनावी मैदानमा उत्रेका गिरीले आफुले जितेमा जिल्लाको विकास कायपलट गर्ने उद्धोघष गरे । गिरीले पर्वत जिल्लाका समस्याहरुलाई प्रतिनिधिसभामा पुगेर समाधान गर्नका लागि पहल गर्ने बताउँदै बाम गठवन्धनलाई बिजयी गराउन सुर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।

त्यस्तै प्रदेश सभाका उम्मेद्धार निर्वतमान सांसद विकास लम्सालले युवा देखी बृद्धसम्म र गरिब असाह्यहरुको समस्याको समाधान आफुहरुले मात्र गर्न सक्ने दाबी गर्दै नेपाली युवाहरूको ज्ञान, सीप र आर्जनलाई राष्ट्र निर्माणमा लगाउने नीति लिँदै नेपाली नागरिकको श्रम सम्बन्धी हक लगायत अन्य हकको सुरक्षाका लागि प्रभावकारी पहल गर्ने बताए । उनले मुलुकको स्थायित्व,विकास,शान्ति,समृद्धिको लागी बामगठबन्धन लाई मतदान गर्न आग्रह गरे ।

कार्यक्रममा निर्वतमान समानुपातिक सांसद कल्पना चापागाई,नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य गगन कुमार थापा प्रदिप,फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्मा,महाशिला गाँउपालिका अधयक्ष राजु पौडेल,जिल्ला कमिटी सचिवालय सदस्य ईश्वरी भुषाल लगाएतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here