पर्वत,२३ कात्तिक ।
गाउँ गाउँमा धान र कोदो काट्ने चटारो छ । तर दलका प्रतिनिधी भोट माग्न गाउँ पसेका छन् । उम्मेदवारहरुको प्रचार तिव्र वनेको छ ।
यसक्रममा प्रतिनिधी सभा र प्रदेश सभाको निर्वावन मिति नजिकिदै जाँदा नेपाली काँग्रेसले आफ्नो घरदैलो कार्यक्रमलाई गाउँ केन्द्रित गरेको छ । पर्वतको पैयु गाउँपालिका अन्र्तगत साविक टकलाक, त्रिवेणी र वेउलीवास गाविसमा घरदैलो तथा भेटघाट कार्यक्रम आज सम्पन्न गरिएको छ । प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशी र प्रदेश सभाका उम्मेदवार राजेन्द्रप्रसाद तिवारी सहित स्थानीय नेता तथा कार्यकर्ताको सहभागीतामा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति खिमप्रसाद भुषाल, पैयुँ गाउँपालिका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य गंगाधर तिवारी, महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्री,पूर्व महाधिवेशन प्रतिनिधी गंगाराज शर्मा, क्षेत्रिय सचिव सुमन तिवारीसहित घरदैलो कार्यक्रममा सहभागिता रहेको थियो । घरदैलो कार्यक्रम पछि भएको कोण सभामा वोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेपालमा लोकतन्त्र खतरामा पर्न सक्ने सम्भावना बढेकोले मुलुकमा लोकतन्त्र जोगाउन रुख चिन्हमा मतदान गर्न सबैलाई अपिल गर्नुभयो ।

उहाँले लोकतन्त्र र मुलुक जोगाउने जिम्मा नेपाली काँग्रेसको काँधमा आएको बताउनु भयो ।उहाँले मुलुकमा आउने खतरालाई जोगाउन र हरेक टोल टोलको विकास गर्न आफु प्रतिबद्ध रहेको बताउनु भयो । प्रदेशसभा ख का उम्मदेवार राजेन्द्रप्रसाद तिवारीले जनतालाई ढाँट्न र छल्न आफु उम्मेदवार नवनेको वताउँदै जनताको आँसु पुछ्न र पर्वत क्षेत्र नम्बर २ लाई नयाँ अयाम दिन चुनावी मैदानमा आएको वताउनुभयो । उहाँले सत्ताको गठजोडले मतदातालाई कुनै प्रभाव नपार्ने उल्लेख गर्दै तिवारीले मत दिएका मतदातालाई समृद्धि व्याज स्वरुप भुक्तानी गर्ने वताउनुभयो । उहाँले एमाले,माओबादी वा अन्य जुनसुकै दल पनि पर्वतको विकास प्रति चिन्तित रहेको वताउँदै विपक्षीहरु पनि आफुसंग सहयात्री वन्न आउने विश्वास व्यक्त गर्नुभयो । जितेर गएपछि कुनै पनि व्याक्तिलाई यो वा त्यो पार्टि भनेर कोरा नामवाट आफुले नहेर्ने वताउँदै तिवारीले जुनसुकै दल भएपनि पर्वतको विकास गर्ने आफ्नो सपनामा साथ दिने अठोट व्यक्त गर्नुभयो ।
त्यस्तै आज यता नेपाली काँग्रेस पर्वतले पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरी र १३ खौलालाकूरीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा प्रदेश सभा क का उम्मेदवार नवराज गुरुङ,समानुपातिक उम्मेदवार तथा निर्वतमान सभापति लालकाजी गुरुङ,कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, उप मेयर सिता काफ्ले लामिछाने, राप्रपा प्रजातान्त्रिकका केन्द्रिय सदस्य रण वहादुर क्षेत्री,महासमीती सदस्य वसन्त वहादुर सिके,जिल्ला पार्टी उपसभापती दुर्गा वहादुर खत्री,समानूपातिक उम्मेदवार ललितकला गूरुड,महाधिवेशन प्रतिनिध युवराज जोशी,लोकतान्त्रिक गैररसरकारी संस्थामहासंघका जिल्ला अध्यक्ष गणेश वहादुर क्षेत्री लगायत सयौको सहभागितामा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
घरदैलो प्रश्चात कोणसभा कार्यक्रममा वोल्दै प्रदेश सभा क का उम्मेदवार नवराज गुरुङले एमाले र माओवादीको स्वार्थका कारण यस क्षेत्र विकासवाट पछाडी परेको बताउनु भयो । उहाँले काँग्रेसको जितसँगै संविधान कार्यान्वयन, शिक्षा, स्वास्थ्य, भौतीक विकास निर्माण, पर्यटकिय र अन्य सुधारका पक्षमा काँग्रेसले काम गदै जाने बताउनु भयो ।
भोली शुक्रवार कूश्मा नगरपालिका वडा नं १४ आर्थरमा घरदैलो तथा कोणसभा कार्यक्रम संचालन गरिने कूरा नेपाली कांग्रेस कूश्मा नगरका सचिव सूरेन्द्र के सी ले जानकारी दिनूभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here