२३ कार्तिक

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकतालाई अब कसैले रोक्न नसक्ने
दाबी गरेका छन् ।

बिहीबार चितवनमा अनेमसंघ र अनेमसंघ क्रान्तिकारीले गरेको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न चुनावलगत्तै एमालेसँग पार्टी एकताको घोषणा हुने र त्यसलाई कसैले रोक्न नसक्ने जिकिर गरे ।

पार्टी एकताको तयारी पूरा भइसकेको दाहालको दाबी थियो ।

‘हिजोमात्रै मैले एमाले अध्यक्ष केपी ओलीसँग कुरा गरेको छु, हाम्रोबीचमा पार्टी एकतालाई छिट्टै टुंग्याउने समझदारी भएको छ’–उनले भने ।

उनले अब कांग्रेसको फेरो समाएर सत्तामा नजाने पनि दाबी गरे ।

चितवनमा प्रतिनिधिसभा सदस्यतर्फ ३ ओटा निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ६ ओटा क्षेत्र रहेका छन् ।

अध्यक्ष दाहाल वाम गठबन्धनको तर्फबाट चितवन–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here