२३ कार्तिक
पर्वत । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको प्रचारप्रसारका लागि बाम गठवन्धनले फलामखानी र पाखापानीबाट अभियान थालेको छ ।
बाम गठवन्धनको तर्फबाट प्रतनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश सभा अन्तर्गत पर्वत ख का उम्मेदवार विकास लम्साल र समानुपातीक उम्मेदवार बिजय गुरुङ्ग, भोलानाथ शर्मा र जुनादेवी नेपालीले महाशिला गाउँपालिकाको वडा नं ६ अन्तर्गत पर्ने फलामखानीको दलित बस्तीबाट अभियान थालेका हुन ।
उक्त अभियान अन्तरगत भएको सभालाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा प्रदेशसभाका समानुपातिक उमेदवार बिजय गुरुङ्गले जनतालाई झक्काएर,झुटो आश्पासन दिएर चुनाब जित्नेका दिन सकिएको वताएका छन् । उनले पर्वतका जनताले आफ्ना सेवा र सम्बृद्धिको पक्षमा लाग्ने उमेदवारलाई मत दिने विस्वास समेत व्यक्त गरे ।
एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधीसभाका उमेदवार पदम गिरीले पर्वतलाई सम्बृद्ध बनाउन बाम गठबन्धनलाई जिताउन आग्रह गरे उनले पर्वतको आर्थिक, भौतिक र सामाजिक बिकास गर्न आफुँ सधै लागि रहने र पाँच बर्ष भित्र धेरै परिर्वतन ल्याउने बिश्वास पनि दिलाए ।
कार्यक्रममा पूर्व सांसद तथा प्रदेश सभा क्षेत्र पर्वत ख का उम्मेदवार विकास लम्सालले आफु अघिल्लो पटक सांसद हुँदा क्षेत्र नं २ का प्रत्यके वडा र टोलटोलमा विकास ल्याएको बताउँदै यो क्षेत्रको चौतर्फि विकासका लागि आफुलाई बिजयी गराउन आग्रह गरे ।

कार्यक्रममा समानुपातीक उम्मेदवार जुनादेवी नेपाली, एमाले पर्वतका सचिब पदमपाणी शर्मा, माओवादी केन्द्रका केन्द्रिय सदस्य गगन थापा लगायतले बोलेका थिए ।
सोहि टोलिले बुधवारै पाखापानीमा पुगेर पनि कोणसभा सम्पन्न गरेको छ । कोण सभामा सयौ कार्यकर्ताहरुको सहभागिता रहेको जनाएको छ । उक्त कोणसभालाई उम्मेदवारहरुले सम्वोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here