पर्वत÷पर्वतको क्षेत्र नम्बर २ मा चुनावी घरदैलो गरेर उम्मेदवारहरुले जनतालाई आफ्ना एजेण्डाहरु अवगत गराएर मत मागेका छन् । मतदाताहरु उम्मेदवार दैलोमा पाउँदा आफ्ना समस्या सुनाएर जितको शुभकामना दिईरहेका छन् । क्षेत्र नम्बर २ का मतदाताहरुले उम्मेदवारहरुलाई जिताएरै छोड्ने वताएका छन् ।
जिल्लाको विकासप्रेमी नेता अर्जुनप्रसाद जोशीलाई मत हाल्न आतुर रहेको मतदाताहरुको प्रतिक्रिया छ । काँग्रेसको टोलीले आज शालिग्राम, वेउलस्वास र उराममा घरदैलो र कोणसभा गरेको छ । खेतमा पुगेकालाई खेतमै पुगेर र घरमा भेटिएकालाई घरमै पुगेर मत मागेको उम्मेदवारहरुले वताए ।
मतदाताहरुलाई भेट्न पुगेका प्रतिनिधी सभाका उम्मेदवार एवं काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले मतदाताहरुको मन जितेर उनीहरुको चाहना अनुसार जिल्लाको विकासमा सरिक हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । घरदैलो पछि आयोजित कोणसभामा वोल्दै जोशीले आफ्नो नेतृत्वमा विकासका जग वसालेको वताउँदै अव जग पुरा गरेर छानो हाल्न यसपालि पनि जनताको मत पाउने विश्वास व्यक्त गर्नुभयो ।
जिल्लाका सबै गाविसमा कच्चि मोटरवाटो पु¥याएको, गाउँ गाउँमा विद्युतको सेवा पु¥याएको, खानेपानी, सिँचाई, स्वास्थ्यचौकी, विद्यालय भवन वनाउन आफु साँसद हुँदा सहयोग गरेको स्मरण गराउँदै उहाँले अव कच्चि सडकलाई पक्कि वनाउने, सबै स्थानीय तहमा सुविधासम्पन्न सरकारी अस्पताल वनाउने, यूवाहरुलाई विदेश जानवाट रोकेर गाउँमै स्वरोजगार वनाउने जस्ता अधुरा र अपुरा काम पुरा गर्न अवको निर्वाचनमा रुखमा भोट खसाल्न उहाँले मतदाताहरुलाई अपिल गर्नुभएको छ ।
आफुनो चिन्ता र चिन्तन जहिले पनि जनतालाई कसरी सुखी र धनी वनाउने भन्नेमा केन्द्रित रहेको चर्चा गर्दै जोशीले निस्वार्थ सेवामा लागिरहने पनि वताउनुभयो ।
प्रतिनिधी सभा(ख)का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले सवै दलले गरेका राम्रा कामको अनुसरण गर्ने र ओझेलमा परेका जनताका मुद्धा वोक्न आफु उम्मेदवार वनेको वताउनुभयो । अहिले पनि पर्वत क्षेत्र नम्बर २ मा वर्खा लागे वाटो वन्द हुने गरेको प्रति चिन्तित रहेको वताउँदै तिवारीले कच्चि वाटोलाई पक्कि वनाउने आफ्नो एजेण्डा दुर्गम गाउँका नागरिकलाई सुनाउन गाउँ पसेको वताउनुभयो ।
कुन दलले के गरे वा गरेनन भन्ने तर्फ केहि नवोल्ने वताउँदै तिवारीले आफुले गर्ने कामलाई जनताले साथ दिने भएकाले तिनै कुरा मात्र जनतालाई सुनाउने गरेको वताउनुभयो । उहाँले नेपाली काँग्रेस ऐतिहासिक पृष्ठभूमि बोकेको पार्टी भएको बताउनु भयो । कार्यक्रममा पैयँु गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्री, पूर्व महाधिवेशन प्रतिनिधी गंगाराज शर्मा, विहादी गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी प्रविण गुरुङ लगायतले नेपाली काँग्रेस जनताको पार्टी भएकाले जनताले काँग्रेसलाई भोट दिनुपर्ने बताउनु भयो ।
त्यस्तै नेपाली काँग्रेस पर्वतले क्षेत्र नम्वर १ को प्रचारप्रसार अभियान तिव्र हुदै गएको छ । आगामी मंसिर २१ ग्ते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरि आज खौलालाँकुरीमा भेटघाट तथा घरदैलो कार्यक्रम गरिएको छ । चुनावी अभियान कार्यक्रम मार्फत मतदाताको घरदैलोमा पुगेका प्रदेश सभा (क)का उम्मेदवार नवराज गुरुङ प्रति जनताको आशा र भरोसा वढ्दै गएको छ ।
पटक पटक चुनाव नजितेर विकासप्रेमी नेता पर्वतले गुमाउँदै गएकोले यसपल्ट जसरी पनि जिताउन मतदाता कस्सिएका छन् । घरदैलो तथा भेटघाट कार्यक्रम पश्चात कोणसभामा वोल्दै प्रदेश सभाका उम्मेदवार गुरुङले मुलुकमा गणतन्त्रको स्थायित्वका लागि नेपाली काँग्रेसलाई बिजयी गराउर्ने बताउनु भयो । स्थानिय स्तरको विकास निर्माणका लागि आफु सधै जनताको माझमा रहेको बताउँदै उहाँले जनताका काम गर्न आतुर रहेको बताउँदै निर्वाचित गराई जिम्मेवारी सुम्पिनका लागि जनताहरुसँग अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका समानुपातिक उम्मेदवार लालकाजी गुरुङ,कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी, उप–प्रमुख सिता काफ्ले लामिछाने, महाधिवेशन प्रतिनिधी युवराज जोशी लगायत जिल्ला सदस्यहरुको उपस्थिती रहेको प्रेस युनियन पर्वतका सचिव उत्तम अधिकारीले जनाकारी दिनुभयो ।