पर्वत÷ निर्वाचनको बेला घर दैलोमा उम्मेदवार देखेपछि तपाईलाई लाग्दो हो । पक्कै भोट माग्न आएको हुनुपर्छ ? तर, यहाँका एक उम्मेदवारले भने,जनतासँग भोट भन्दा पनि आर्शिवाद माग्ने गर्दछन् आगमी मंसिर २१ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसवाट प्रदेश सभा (ख)को उम्मेदवार बनेका नवराज गुरुङले जनतासँग आर्शिवाद मागेका हुन्  । चुनावी अभियान लिएर पर्वतको साविक कटुवाचौपारी पिपलटारी, ठुलीपोखरी हुँदै खौलालाँकुरी गाविस पुगेका नेता गुरुङले जनता सँग पहिला आर्शिवाट मागेका हुन् ।

भोट माग्ने शैलीका कारण उनी चर्चामा छन् । घरदैलो कार्यक्रममा हरेक घर छिरेर भेट्ने,केही समय गफ गर्ने,घरमा रहेका अन्य परिवार बालबच्चा सँग कुरा गर्ने उनको बानीका कारण बाटोमा हिड्दै गरेका बटुवा समेत उनको प्रसंशा गर्न थालेका छन् ।

हामीले साँच्चै सोचेजस्तो उम्मेदवार पायौं–‘खौलालाँकुरीकी माया परियारले भनिन्, उहाँको भोट माग्ने शैली र व्यवहार प्रति हामी धेरै खुशी छौ, । जसरी अहिले जनताको घरदैलोमा भोट माग्न आउनु भएको छ त्यसरी नै भोलीका दिनमा पनि आउनुहोला । हामीले हजुर जस्तो व्यक्तिलाई चुन्न पाउँने भयो हामीले भाग्यमानी ठानेका छौ, ।’

सर्वसाधारणबाट प्राप्त फुल,गुच्छा,फलफुल सहजै स्वीकार गर्ने उम्मेदवार भोट भन्दा पनि आशिर्वाद माग्ने गर्दछन् । मतदातासँग फोटो खिच्ने र फेसबुक पेजमा राख्ने उनको अर्को बानीका कारण उनिहरुसँग फोटो खिच्नेको सँख्या पनि बढेको छ ।

घरदैलो पश्चात कोणसभामा बोल्दै प्रदेश सभा(क)का उम्मेदवार नवराज गुरुङले एमाले र माओवादीको स्वार्थका कारण यस क्षेत्र विकासवाट पछाडी परेको बताउनु भयो ।

उहाँले काँग्रेसको जितसँगै संविधान कार्यान्वयन, शिक्षा, स्वास्थ्य, भौतीक विकास निर्माण, पर्यटकिय र अन्य सुधारका पक्षमा काँग्रेसले काम गदै जाने बताउनु भयो । आफ्ना सन्तानलाई विदेश पठाउने आमावुवाका आँखामा देखिएको आँसु पुछन् आफु उम्मेदवार वनेर आएको गुरुङले वताउनुभयो ।

घरदैलो तथा भेटघाट कार्यक्रममा पुगेका नेपाली काँग्रेसका उम्मेदवारहरु सँगै मतदाताहरुले बामगठबन्धनले साम्यावाद ल्याउन खोजेको भन्दै डटेर समान गर्ने उम्मेदवारहरुलाई आर्शिवाद दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here