साजन परियार/पर्वत– लोकतान्त्रिक गठबन्धनले मंगलवार कुश्मा नगरपालिका–१० पिपलटारीमा घरदैलो तथा भेटघाट कार्यक्रममा गरेको छ । आशन्न मंसिर २१ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा लोकतन्त्रिक गठबन्धनलाई अत्याधिक बहुमतले विजय गराउन नेपाली काँग्रेसले घरदैलो तथा भेटघाट कार्यक्रम शुरु गएको हो । घरदैलो कार्यक्रममा जनताको व्यापक सहभागिता रहेको थियो ।

घरदैलो अभियानपछि कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सभा (क) का उम्मेदवार नवराज गुरुङले २००७ सालको पञ्चायति शासन २०४६ र ०४७ को प्रजातन्त्र र २०६२ र ०६३ को जनआन्दोलनको अगुवाई र यसको संरक्षण गर्न नेपाली काँग्रेस कटीबद्ध भएको बतानु भयो । उहाँले काँग्रेसका जन नायक देखि गिरीजा हुदै शुसिल कोइराला सम्मको नेतृत्वले देश निर्माणका लागि अहम भुमिका खेलेको औल्याए । गुरुङले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्नका लागि पर्वतमा काँग्रेसले जित्न जरुरी रहेको बताए ।

अहिलेको बाम गठबनधले संविधान कार्यान्वयदेखि लोकतन्त्र गणतन्त्रको रक्षा नहुने आशंका गर्दै गुरुङले  बाम गठबन्धनले देशलाई सक्ने गरी एकता गर्नु मुर्खता भएको आरोप लगाए । उनले लोतान्त्रिक गठबन्धनमा बाम गठबन्धन लोतन्त्र मान्ने सबै बस्ने भएकाले लोकतान्त्रिक गठबन्धन हुनुपर्नेमा जोड दिए । शिक्षा स्वास्थ्य खानेपानी,सडक संचार,विद्युत र गरिब तथा असहायको सेवा गर्नका लागि आफु उम्मेदवार बनेको हुँ ।

नेपाली काँग्रेस पर्वतका निर्वतमान सभापति तथा प्रतिनिधी सभाका समानुपातिक उम्मेदवार लाकाजी गुरुङ,कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी , उप–मेयर सिताकाफ्ले लामिछाने, महाधिवशेन प्रतिनिधी युवराज जोशी, राप्रपा नेपालका नेता प्रकाश पौडेल लगायतको सहभागिता रहेको थियो । लोकतान्त्रिक गठबन्धनको घरदैलो तथा भेटघाट कार्यक्रम आज कु.न.पा ११ ठुलीपोखरीमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here