२२ कार्तिक पर्वत
आसन्नप्रतिनिधी सभा र प्रदेशसभाको चुनावी प्रचार अभियानअन्तर्गत लोकतान्त्रिक गठवन्धनले हिजो कूश्मा नगरपालिकाको पिपलटारीमा घरदैलो तथा कोण सभा सम्पन्न गरेको छ ।

पिपलटारीमा भएको कोण सभालाई संम्वोधन गर्दै प्रदेस सभा क क्षेत्र न १ का उम्मेदवार नवराज गूरुडले अहिले लोकतन्त्रमा नै खतरा उत्पन्न भएकाले लोकतान्त्रिक गठवन्धनमा आवद्ध सवैलै रुख चिन्हमा मतदान गरि कर्मशिल र अनूभवि उम्मेदवारलाई विजयी गराउनु पर्ने धारणा राख्नू भयो । उहांले आफू ईमान्दारीता पूर्वक राजनितीमा लागेको तर तपाईहरुको सेवा गर्ने अवसर प्राप्त भएको छैन त्यसकारण तपार्इहरुले यसपाली न्याय गर्नुहुनेछ भन्ने पूर्ण विस्वास व्यक्त गर्नुभयो । आफु ईमान्दारी पूर्वक राजनितिमा आएकाले ईमान्दारीताको कदर गर्न आग्रह गर्नुभयो ।
उक्त कोण सभामा नेपाली कांग्रेसका पूर्व पार्टी सभापती तथा समानूपातिकका उम्मेदवार लालकाजी गूरुडले नेपाली कांग्रेसले मात्र देशमा समृद्धि ल्याउने वताउदै सवैलार्इ रुख चिन्हमा मतदान गर्न आहन गर्नुभयो ।

कूश्मा नगरपालिकाका प्रमूख तथा नेपाली कांग्रेसका नगर सभापती रामचन्द्र जोशीले कूश्मा नगर भित्रका सवै समस्याहरु हामीले वूझेका छौं तर नगर सभा नभएकाले जनताको आवश्यकता पूरा गर्न पाएका छैनौ । अव नगर सभा मार्फत सवै समस्याको समाधान गर्न तत्पर रहेको धारणा राख्नू भयो । विकासको पहिलो पूर्वाधार सडक भएकाले आफुले दिगो विकासका लागी नगर भित्रका सवै मूख्य सडकहरु कालोपत्रे गर्ने गरि प्रस्ताव गरेको धारणा राख्नू भयो ।

त्यसै गरि कूश्मा नगरका उप प्रमुख महाधिवेशन प्रतिनिधि सीता काप्ले लामिछानेले नगर भित्रका महिला दलित विपन्नका लागी सीपकमूलक तालिम संचालन गरि आयाअर्जनमा टेवा पूयाउने धारणा राख्नू भयो । उहांले महिलाहरुले अव सानोतिनो खर्चका लाग पूरुषहरुको मूख ताक्न नपर्ने आफै स्वरोजगार तर्फ उन्मूख हुने दिन आएका छन त्यसका लागी हामी काम गर्न तत्पर रहेको धारणा राख्नू भयो ।

उक्त कोण सभामा नेपाली काँग्रेस यूवा नेता तथा महाधिवेशन प्रतिनिधि यूवराज जोशी , लोकतान्त्रिक गैसस महासंघका जिल्ला अध्यक्ष गणेश वहादुर क्षेत्री,कूश्मा नगर सचिव सूरेन्द्र के सी ले रुख चिन्ह मतदान गरेर लोकतान्त्रिक गठवन्धन लाई विजयी गराउन आग्रह गर्नुभयो ।

आज लोकतान्त्रिक गठवन्धन क्षेत्र नं १ क अन्तरगत ठूली पोखरी र खौलामा प्रचारप्रसार अभियान संचालन गर्ने कूरा नेपाली कांग्रेस जिल्ला निर्वाचान प्रचार प्रसार समितिका संयोजक विश्व प्रका प्रसाईले जानकारी दिनूभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here