२२ कार्तिक  पर्वत
आसन्नप्रतिनिधी सभा र प्रदेशसभाको चुनावीप्रचार अभियानअन्तर्गत लोकतान्त्रिक गठवन्धनले हुवासमाआमसभा गरेको छ ।  चूनाव प्रचार प्रसार अभियानमा पर्वतको दक्षिण हूवास वाट उद्धघोष गरे हामी वोलेका कूरा पूरा गर्छौ भोट कांग्रेसलाई दिनुहोस ।

हुवासमाभएको सभालाई सम्बोधनगर्दै नेपालीकाँग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले जनताले चाहेको समृद्धि ल्याउनआफु चुनावी मैदानमाआएको वताउनुभयो । क्षेत्र नम्बर २ का जनताको समृद्धिको सपना पुरा गर्ने दायित्वआफ्नो काँधमाआएको वताउँदै जोशीले दोविल्लादेखि हुवाससम्मको वाटो पक्किवनाउने, हरेक स्थानीयतहमा एक सुविधा सम्पन्न सरकारी अस्पताल वनाउने, हरेक घरमाखानेपानीको धारा, हरेक घरमा रोजगारी, महिलाहरुलाई उद्यम, दलितहरुको जीवनस्तर उकास्ने खालकाकार्यक्रम र सबै नागरिकहरुको पहुँचमा सहज स्वास्थ्य, शिक्षा, विद्युत, सिँचाई, उद्यम र रोजगारीको अवसर सिर्जना गर्ने जोशीले प्रतिवद्धता व्यक्तगर्नुभयो । उहाँले भन्नुभयो,‘ मैले चुनावजितेर गएपछि दोविल्ला देखीहुवाससम्मको वाटो एक वर्षमै पक्कि वनाउँछु, काठका पोल फेरेर फलामकापोल हाल्छु, जोशीभन्नुभयो,‘तम्सुक जस्तै लेखेर राख्नुस मैले पुरा गरिन भने अर्को वर्ष म भोट माग्नआउँदिन ।’

अर्जुन जोशीले तीन पटक चुनावजितेर के ग-यो भनेर प्रश्नगर्ने तर्फ लक्षितगर्दै जोशीले भन्नुभयो‘ २०५६ सालमा प्रायका घरमा टुकी वल्थ्यो, अहिले सबैको घरमा विजुलीवलेको छ, कुवाको पानी खानुपथ्र्यो अहिले खानेपानीको पहुँच ९१ प्रतिशतमापुगेको छ , पैदल हिँडेर घर जानुपर्ने अवस्थाथियो अहिले गाडीमा जान पाउनुहुन्छ त्यो कस्ले गर्दा भएको हो रुपर्वत जिल्ला मानव विकास सुचाकांकमा ११ औँ स्थानमा पुग्नु मैले काम नै नगरेर होला त रुउहाँको प्रश्नथियो । आफुँ नचाहिँदा गफ गरेर जनताको भोट माग्न नआएको वताउँदै जोशीले वोलेका कुरा पुरा गर्ने वताउनुभयो ।
प्रदेशसभा९ख० का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले पर्वत क्षेत्र नम्बर २ मा आज सम्म अभिभावक नपाएर विकासका पूर्वाधारमा पछाडी परेको उल्लेख गर्दै आफुले जनताको सेवा गर्ने वाचा गरेर भोट माग्नआएको वताउनुभयो । पर्वतको क्षेत्रनम्बर २ लाई नमूना वनाउन आफ्नो आँखामा एउटा सपना रहेको चर्चा गर्दैे तिवारील त्यो सपना पुरा गर्न जनताले भोट दिन्छन् भन्ने विश्वास गरेको वताउनु भयो । विदेशमागएर पसिना वगाउने यूवा, गाउँमा वेराजगार भएर वसेका यूवा, वुढेसकालमा सहारा नपाएका वृद्ध अवसरवाट वञ्चित दलित, जनजाती, सबै महिला तथा समस्त पर्वत वासीहरुको असल सेवक वन्न उम्मेदवार वनेको तिवारीले वताउनुभयो । उहाँले पर्वतका काला पहाडलाई स्वर्ण पहाड वनाउने, धुले सडकलाई पक्कि सडक वनाउने, कृषिमाआधुनिकीकरण गर्ने, भूकम्प पीडितहरुलाई वास वनाउने, घरवार विहिनहरुलाई घर वनाईदिने, स्थानीयतहमा अस्पताल वनाउने, ठाउँ ठाउँमा वृद्दाश्रम वनाउन अर्जुन जोशी सहितआफ्नो पनि साझा संकल्प रहेको तिवारीको भनाई थियो । कार्यक्रममा समानुपातिक उम्मेदवार एवं नेपालीकाँग्रेस जिल्ला सभापति खिमप्रसाद भुसालले लोकतान्त्रिक गठवन्धन पराजितभए देशमा तानाशाहीतन्त्र, मनपरी तन्त्र हावीभएर लोकतन्त्र हराउने वताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव विश्व प्रकास प्रसाई ,राप्रपा प्रजातान्त्रिकका केन्द्रिय सदस्य रणवहादुर क्षेत्री राप्रपाका समानुपातिक उम्मेदवार गंगा दमाई, समानुपातिकउम्मेदवार टेकवहादुर विश्वकर्मा, काँग्रेस नेता रामशर्मा पौडल, काँग्रेस नेता गिरीराज गौतम, पूर्व महासमिति सदस्य गंगाराजशर्मा, तरुणदलका जिल्ला अध्यक्ष तोरण मल्ल ठकुरी राज, नेविसंघका नेता किसान थापाले रुख चिन्हमामतदान गरे लोकतान्त्रिक गठवन्धनलाई विजयी गराउनआग्रहग र्नुभयो । नेपालीकाँग्रेस क्षेत्र नम्बर २ पर्वतका सभापति क्याप्टेन धनवहादुर थापाको अध्यक्षतामाभएको सभाको स्वागत नेपालीकाँग्रेस जिल्लाकार्यसमितिका सदस्यतिलकप्रसाद श्रेष्ठ र कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव सुमन तिवारीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here