२१ कार्तिक

नेपाली काँग्रेस पर्वतको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचन २०७४ चुनावी आमसभा तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस पर्वतले औपचारिक रुपमा चुनावी प्रचारप्रसार सुरु गरेको हो । कटुवाचौपारीमा बृहत आमसभा गरी नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार सुरु गरेको जनाएको छ । नेपाली काँग्रेसको सरकार लोकतन्त्र, राष्ट्रिय एकता र समृद्धिको आधार भन्ने मुल नाराका साथ कार्यक्रमको तय गरिएको थियो ।

चुनावी आमसभालाई सम्वोधन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले एमाले र माओवादी केन्द्रको गठबन्धनले लोकतान्त्रिक मूल्यमान्यता कमजोर पार्दै निरंकुशता र अधिनायकवादलाई निम्ताएको बताउनु भएको छ । उहाँले वाम गठबन्धनले चुनाव जिते मुलुकमा सर्वसत्तावाद हावी हुने समेत बताउनु भयो । ‘पहिले गुलिया र मिठा कुरा गर्ने अनि स्वार्थ पूरा भइसकेपछि गलत राजनीतिक सिद्धान्त बोकेर सर्वसत्तावाद लाद्नू कम्युनिष्टहरुको इतिहास नै बनिसकेको उहाँको भनाई छ । हिजो हामी लोकतान्त्रिक पार्टी हौं अव हामी सुध्रेउ हामीलाई भोट दिनुहोस भनेर लोकतन्त्रको आवरणमा मागेका भोटको लेखाजोखा गरेर हामी दश हजारले विजय प्राप्त गर्दछौं भन्ने घमण्ड गरेको सुनेको छु तर अव अधिनायकवादको नेतृत्व गर्दछौ हामी भनेर भोट माग्दा कति मतले पछाडी हुने रहेछन् त्यो दिन नजिकै आएको छ,भन्दै जनताले मलाई र नेपाली कांग्रेसलाई पटक पटक माया गरेकाले फेरी पनि देशमा संकट आईपरेको वेला एकजूट भएर रुखमा मतदान गर्ने छन् भन्ने विस्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा क्षेत्र नं १ पर्वत “क” प्रदेश सभाका उम्मेदवार नवराज गुरुङले मुलुकको समृद्धिका लागि नेपाली काँग्रेसलाई विजय गराउनुपर्ने बताउनु भएको छ । गुरुङले काँग्रेसकै नेतृत्वमा संविधान जारी भएकाले अब समृद्धिको अभियान पनि काँग्रेसकै नेतृत्वमा हुने बताउनुभयो । उहाँले हिजो जनताको बुई चडेर जनताको टाउकोमा बम पडकाउनेहरु समेत आज लोकतन्त्र खोल उडेर जनतालाई झुक्काएको बताउँदै लोकतन्त्रवादी एक भई सचेत बन्न आग्रह गर्नुभयो । कटुवाचौपारी नेपाली कांग्रेसको इतिहास वोकेको गाउ र यहांका ९० प्रतिशत भन्दा वढी लोकतन्त्रवादी भएका कारण यहि वाट चूनावी अभियानको शूरुआत गरेको जानकारी गराउदै तपायहरुले माया गरि रुखमा मतदान गरि सेवा गर्ने अवसर प्रदान गर्नुहुनेछ र हामीहरुपटक पटक तपाईहरुको घरदैलोमा सेवा गर्न आउने छौं भन्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

पार्टी सभापति खिमप्रसाद भुसाल र पूर्वसभापति लालकाजी गुरुङले मुलुकलाई अधिनायकबादमा जानबाट रोक्दै लोकतन्त्रको स्थायित्व र नयाँ संविधानको पूर्ण कार्यान्वयन तथा समृद्धिका लागि काँग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने बताउनु भयो ।

काँग्रेस नेता राम शर्मा पौडेलले विकास र समृद्धिका लागि सबै मतपत्रमा रुखमै भोट खसाल्न आग्रह गर्नुभएको थियो । उहांले कांग्रेसमा पूराना कार्यकर्तालाई मूल्याड्कन नभएको कारण आफुले स्वतन्त्र उम्मेदावरी दिएको तर लोकतनत्र र कांग्रेसका लागी खतरा भएकाले आपनो उम्मेदवारी फिर्ता लिएको जानकारी दिर्दै पर्वत कांग्रेसमा कसैका विचमा तिक्तता र मनमुटाव नभएको सवै एकजूट भएर विपिको समाजवाद मार्फत देशमा समृद्धि ल्याउन हामी सवै लागेका छौं । हाम्रा उम्मेदवारहरुले अत्याधिक मतले विजय हासिल गर्नुहुनेछ भन्ने धारणा राख्नू भयो ।

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रणबहादुर क्षेत्रीले लोकतन्त्र बचाउनका लागि काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आब्हान गर्नुभयो । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका उपमहासचिव एवम् प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार ललितकला गुरुङ, कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी,नेपाल तरुण दलका केन्द्रीय कोषाध्यक्ष बिद्धान गुरुङ, उपप्रमुख सिता काफ्ले लामिछाने, नेबिसंघका नेता राजिब लामिछाने, कुश्मा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कृष्ण लामिछाने, राप्रपाका नेता गंगे दमाई, जनप्रिय बहुमुखी क्याम्पस पोखराका स्ववियु सभापति आशिक गुरुङ, समाजसेवी दण्डपाणी शर्मा पौडेलले लोकतन्त्रको पक्षमा मतदान गरि नेपाली काँग्रेसलाई बहुमतले जिताउनु पर्ने धारण राखेका थिए ।

नेपाली काँग्रेस कटुवाचौपारी वडा सभापति पितम्वर शर्मा अधिकारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत नेपाल महिला संघ कटुवाचौपारीका अध्यक्ष यसोदा लामिछाने र कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस कटुवाचौपारी वडा सचिव सुदिप लामिछानेले गर्नुभएको थियो । पाटी प्रवेश कार्यक्रममा नेकपा माओवादी र एमाले परित्याग गरि दर्जनौ कार्यकर्ताहरु काँग्रेसका प्रवेश गरेका थिए । वाम गठबन्धनले मुलुकमा साम्यवादी ल्याउन खोजेको भन्दै काँग्रेसमा प्रवेश गरेको उनीहरुले बताएका छन् ।

क्षेत्र नं. २ पर्वत “ख” मा भने आज २१ गते हुवासवाट चूनाव प्रचार प्रसारको शुभारम्भ हुने कांग्रसका जिल्ला सचिव विश्व प्रकास प्रसाईले जानकारी दिनूभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here