२० कात्तिक काठमाडौं । चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण नगरेको भन्दै प्रा. डा. गोविन्द केसीले राष्ट्रपतिमाथि खनिएका छन् । एक साताभित्र अध्यादेश प्रमाणीकरण नभए अनसन बस्ने उनको चेतावनी छ ।

डा. केसीले सोमबार पत्रकार सम्मेलन गरेर अध्यादेश प्रमाणीकरण नगरेर राष्ट्रपति विद्या भण्डारीले सर्वोच्च पदको अबमूल्यान गरेको आरोप लगाए । ‘राष्ट्रपतिले अध्यादेश रोकेर राख्न मिल्दैन’ उनले भने, ‘यदि सल्लाहकारहरुले कुनै राजनीतिक दलको आदेशमा राख्नुहुन्छ भने राष्ट्रपति जिम्मेवार हुनुपर्छ ।’
सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने गरी कात्तिक ६ गते चिकित्सा शिक्षा ऐन अध्यादेश पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरेको थियो ।अध्यादेश तत्काल प्रमाणिकरण नगरिए फेरि आरमण अनसन बस्ने डा. केसीको चेतावनी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here