२० कात्तिक, सप्तरी । नेकपा एमाले सप्तरीले पार्टीको निर्णय विपरित वाम गठबन्धनबिरुद्ध उम्मेदवारी दिएका आफ्ना नेता कार्यकर्तालाई कारबाही गरेको छ ।

एमालेले बागी उम्मेदवारसँगै उनका प्रस्तावक र समर्थकलाई समेत कारबाही गरेको छ ।

एमाले जिल्ला कमिटी सप्तरीले बागी उम्मेदवारी दिएको भन्दै जिल्ला कमिटी सदस्य प्रकाश खतिवडालाई कारबाहीस्वरुप पार्टी सदस्यता खोसेको छ ।

एमाले बिधानको धारा ५ ‘घ’ बमोजिम खतिवडालाई पार्टीको सदस्यता स्वतः समाप्त हुने गरी कारबाही गरिएको जिल्ला कमिटी अध्यक्ष गोविन्द न्यौपानेले जानकारी दिए ।

न्यौपानेले सोमबार जारी गरेको प्रेस बिज्ञप्तिमा खतिवडाको प्रस्तावक र समर्थकलाई पनि सदस्यताबाट हटाइएको उल्लेख छ । ‘समर्थक र प्रस्तावक बसेका क्रमशः कञ्चनरुप नगरपालिका १२ का अनिल पोखरेल र कञ्चनरुप नगरपालिका ६ का मो. मुस्तफा मियाँ समेतलाई पार्टी विधानको धारा ५ को घ तथा धारा ४९ बमोजिम सदस्यता खारेजीको कारबाही गरएकिो जानकारी सबैमा गराइन्छ ।’ न्यौपानेले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here