संजय रेग्मी
कात्र्तिक २०, २०७४

पर्वत : रक्त क्यान्सरबाट पिडित बनेका जनआन्दोलन २०६२÷०६३ का घाईते पर्वतका रामप्रसाद पराजुलीको उपचारको लागि दक्षिण कोरीयामा रहेका प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन । पर्वतकै कटुवाचौपारी घर भई दक्षिण कोरियामा रहेका दिनेश ढकालको बिशेष आग्रहमा पर्वत समाज कोरीया र अन्य साथीहरुको सक्रियतामा संकलन भएको ८० हजार रुपैयाँ पराजुलीको परिवारलाई हस्तान्त्रण गरिएको हो । पराजुलीको लागि दक्षिण कोरियामा राम बचाउ अभियान चलाएर संकलन भएको उक्त रकम दिनेशका बुबा रामशर्मा ढकालले राम बचाउ अभियानका संयोजक शिव पराजुलीलाई हस्तान्त्रण गरिसकिएको छ ।

आर्थिक सहयोग गर्नेहरु :
१. दिनेश ढकाल
२. हरि पौडेल (सुन्दर)
३. राजन सापकोटा
४. किरण श्रेष्ठ
५. पवन रायमाझी
६. रामचन्द्र रिजाल
७. ईश्वर के.सी.
८. सुदर्शन लामिछाने
९. रामशर्मा लामिछाने
१०. कृष्ण अधिकारी
११. उमाकान्त शर्मा
१२. देवेन्द्र भुषाल
१३. दुर्गा क्षेत्री
१४. राम खड्का
१५. रनबहादुर थापा

यसअघि, रोजगारीका लागि इजरायलमा रहेका प्रवासीहरुले पनि उनको उपचारको लागि ८६ हजार रुपैँया सहयोग गरेका छन । मातृभुमिका लागि पर्वत सेवा समाज नेपाल शाखा इजरायलले संचालन गरेको आर्थिक संकलन अभियानबाट उक्त रकम संचालन भएको थियो ।

रक्त क्यान्सर पिडित पराजुलीको गएको दुई महिनादेखि भरतपुर क्यान्सर अस्पताल चितवनमा उपचार भैरहेको छ । ३६ वर्षिय पराजुलीको उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको लागि अपिल गरेको थियो । लामो समय शरिरमै गोलीको छर्रा बोकेरपनि राजनीति र समाज सेवामा सक्रिय पराजुलीको उपचारका लागि झण्डै ६० लाख रुपैया खर्च लाग्ने भनिएको छ । प्रवासीको सहयोग बाहेक राम बचाउ अभियानका लागि सहयोग रसिद कटाएर झण्डै ४ लाख रुपैयाँ संकलन भएको छ । पराजुलीका एक श्रीमती र एक छोरा छन । उनकी श्रीमती तारादेवी गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट कुश्मा नगरपालिकाको उपप्रमुख पदकी उम्मेद्वार बनेकी थिईन ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here