२० कात्तिक ,आगामी मंसिर २१ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुले पर्वतवासी जनतालाई लोकतन्त्रको पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।
बाम गठबन्धनले मुलुकलाई अधिनायकवाद तर्फ लान खोजेको बताउँदै लोकतन्त्रको पक्षमा मतदान गर्न आह्वान गरेका हुन् । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको सन्दर्भमा पत्रकार सँग भएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उम्मेदवारहरुले यस्तो भनेका हुन् । काँग्रेसले जिते मात्रै लोकतन्त्रको रक्षा हुने,पर्वत जिल्लाको विकासले गति लिने दावी गदै उम्मेदवारहरुले पर्वतवासीले आफ्नो पक्षमा मतदान गर्ने दावी गरेका छन् । पर्वतमा भएको पटक पटकको चूनावमा लोकतन्त्र पक्षधरको जित भएकाले यसपाली पनि जित हुने निश्चित रहेको धारणा राखे ।

पत्रकारलाई सम्वोधन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले पर्वतमा नेपाली कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने बताउनु भएको छ । नेपाली कांग्रेसको पक्षमा लोकतन्त्रिक गठवन्धन छ । राप्रपाका दुईवटै खेमा र अन्य स साना दलहरु समेतको समर्थन रहेकाले जित सुनिश्चित रहेको छ ।उहांले ईतिहास र कामको मुल्याङ्कनका आधारमा नेपाली कांग्रेसको जित सुनिश्चित भएको दाबि गर्नुभयो । नेता जोशीले आफुले तीन पटक पर्वत जिल्लाको नेतृत्व गर्ने मौका पाएको वेला जनताको घर घरमा पूगेर दूख सुखमा साथ दिएको,विकासका पर्वाधारहरु खडा गरेको,उद्यमशिलताका लागी विभिन्न तालिम संचालन गरेको,मैले शूरु गरेका केहि अधूरा कामहरु संपन्न गर्न यस पाली फेरी उम्मेदवारी दिएकाले पर्वत वासी जनताले पक्कै मूल्याड्कन गरि भोट दिनेछन् । आफूले पर्वत जिल्लालाई नेपालको नमुना बनाउने काम गरेको भन्दै जनताले त्यसको मुल्यांकन गर्ने बेला आएको समेत बताउनु भयो ।

‘पर्वत क्षेत्र न १ बाट म प्रतिनिधि सभाको उम्मेदवार बनेको छु, हार्नुपर्ने कुनै कारणै छैन,बिकासमा बाढी ल्याएको तपाइहरुले देख्नुभएकै छ ।’उहांले अगाडी भन्नुभयो–‘कामलाइ महत्व दिन्छु र प्रचारबाजी र झुटा कुरा गर्न मलाइ आउदैन ।’ ‘पर्वतका ६१ वडामा सडक, खानेपानी, स्थास्थ्य, शिक्षाका योजना पारेको छु र जिल्लामा अग्ला, ठुलो र लामा ३ वटा पुल, काली गण्डकी लोकमार्ग जस्ता जिल्लामा धेरै ठुला र महत्वपूर्ण काम गरेको उहांले दावी गर्नुभयो । जोशीले आफु निर्बाचनका बेलामा मात्र नभइ सधै जनताकै बिचमा रहेर काम गरिरहेको बताउनुभयो ।
प्रदेश सभा क का उम्मेदवार नवराज गुरुङले बाम गठबन्धनको नाममा अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जनतालाई झुक्काउने षडयन्त्र गरेको अरोप लगाउनु भयो ।उहाँले म वि.सं २०३० साल देखि निरन्तर राजनितिमिा छु तर पर्वतलेली जनताको नेतृत्व गर्ने मौका पाएको छैन । यसपाली पक्कै मलाई पर्वतेली जनताले माया गरि निर्वाचित गर्नेछन् त्यसको प्रत्येक भोटको वदला म विकास गरेर देखाउने छु । ईमान्दार र निरन्तर लाग्ने मान्छे समाजमा पाउन गाहो छ अव जनताले त्यसको फैसला गर्ने दिन आएको छ । प्रदेश सभाको निर्वाचनमा बुझेर जनताहरुले नेपाली काँग्रेसलाई मत हाल्नुपर्ने बताउनु भयो ।
प्रदेश सभा (ख) का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले कम्युनिष्टहरुको ईतिहास मा कहि पनि सफल नभएको तर्क गर्दै,जहां हे-यौ त्यहि लुटतन्त्र मच्चाएको देखिन्छ,गरिव् भोकमरी,जनतालाई निराशामा राख्ने काम गरेको देखिन्छ भन्दै भाषणमा मात्र काम गर्ने र जनतालाई सधै अन्धकारमा राख्संनेहरुबाट परिवर्तन सम्भव नभएको बताउनुभयो । ‘राणा, पञ्चायत,राजतन्त्र सबैसंग कांग्रेस लडेर बिजयी भएको इतिहास छ, अब हाम्रो अन्तिम लडाइ कम्युनिष्टहरुसंग बांकी छ’ उहांले भन्नुभयो । पर्वत क्षेत्र नम्वर २ का जनताहरु समृद्धि र विकासको पक्षमा रहेकाले आफुलाई मतदान गर्ने दावी गर्नुभयो ।