संजय रेग्मी
कात्र्तिक १९, २०७४

पर्वत ः नेपालका लागि भारतीय राजदूत मञ्जिव सिङ पुरीले भारत मुस्ताङको विकासमा सघाउन ईच्छुक रहेको बताउनुभएको छ । मुस्ताङ सदरमुकाम जोमसोम स्थित कालीगण्डकी नदीमाथि निर्माण भएको मोटरेबल पुलको उद्घाटन उहाँले भारतले नेपालका बिभिन्न बिषयमा सघाउँदै आएको र अब पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर विश्वमै प्रसिद्ध रहेको भन्दै यसलाई थप विकास गरी धार्मीक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्नुपर्ने पनि राजदूत पुरीको भनाई छ । ४६ मिटर लम्बाई र ७ दशमलव ४ मिटर चौडाई भएको उक्त पुल भारतीय राजदुतावासको ४ करोड १२ लाख रुपैयाँको सहयोगमा जिल्ला प्राबिधिक कार्यालय मार्फत निर्माण गरिएको हो । २०६८ साल चैत १३ गतेदेखि निर्माण सुरु भएको मोटरेबल पुलको निर्माण कार्य गएको बैशाखमा सकिएको थियो । पुल बनेपछि स्थानीयबासीका साथै मुक्तिनाथ तिर्थयात्रा र उपल्लो मुस्ताङ भ्रमणमा जाने पर्यटकहरुलाई सहज भएको छ । मुस्ताङमा भारतीय दुतावासको सहयोगमा विद्यालय भवन, गुम्बा, धर्मशाला, पुल लगायतका भौकि संरचनाहरु निर्माण गरिएका छन ।

Photo : journalist niraj thin thakali

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here