१९ कार्तिक

काठमाडौं । कांग्रेस नेता गोविन्दराज जोशीको उमेदवारी खारेज भएको छ । निर्वाचन आयोगले भ्रष्टाचार मुद्दामा मुछिएका नेता जोशीको उमेदवार खारेज गरिदिएको हो ।

जोशीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उमेदवारी दिएका थिए ।

त्यसपछि पौडेलले नेता जोशीको उमेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए ।

जिल्ला निर्वाचन कार्यालय तनहुँले निर्वाचन आयोगमा जोशीको उमेदवारी खारेजी सम्बन्धमा माग गरेको स्वीकृति प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

उनकाअनुसार अब जोशी उमेदवार बन्न पाउनेछैनन् । जोशीविरुद्ध भ्रष्टाचार अभियोग लागेकाले उनी उमेदवार बन्न नपाउने कानुनविदरुहरुको पनि धारणा रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here