१९ कार्तिक सामूहिक यौनसम्पर्क गर्न नमान्दा गलकोट नगरपालिका–५ लाम्पाटाकी ३५ वर्षीया एक युवतीको हत्या भएको छ । हत्या अभियोगमा प्रहरीले स्थानीय ५७ वर्षीय खिमबहादुर निउरे र ३१ वर्षीया निशा रेग्मीलाई पक्राउ गरेको छ ।

दरमखोलामा तन्नाले पोको पारेर फालिएको अवस्थामा युवतीको शव फेला परेको थियो । असोज २५ गते मदिराको नसामा रातभर सँगै बसेका उनीहरूबीच सामूहिक यौन सम्बन्धको क्रम चल्दा युवतीले नमानेपछि निउरे र रेग्मीले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

मृतक युवती र रेग्मीका पति वैदेशिक रोजगारीमा देशबाहिर छन् । गत आइतबार पक्राउ परेका निउरे र रेग्मीविरुद्ध प्रहरीले कर्तव्यज्यान मुद्दा दर्तापछि घटना सार्वजनिक गरेको हो ।मुक्तिनाथ टिभिवाट

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here