१९ कार्तिक,नेपाली कांग्रेस कुस्मा नगर कार्य समिति को बैठकले कुस्मा नगर सभापति एवम् कुस्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी को संयोजकत्वमा चुनाव प्रचारप्रसार समिति गठन गरेको छ । आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा को निर्वाचनमा नेपाली कांग्रेसका उमेदवारहरु प्रतिनिधि सभा सदस्य मा निवर्तमान सांसद तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुन प्रशाद जोशी तथा प्रदेश सभा सदस्य पर्वत क का उमेदवार पुर्व जिल्ला पार्टी सभापति तथा नेपाली कांग्रेस माहासमिती सदस्य नवराज गुरूङलाई अत्याधिक मत ल्याई विजयी गराउनका लागी नेपाली कांग्रेस कुस्मा नगर समितिले कुस्मा नगरपालिका का चौध वटै वडामा वडा सभापति तथा संयोजक हरूको संयोजकत्वमा वडा स्तरीय चुनाव प्रचारप्रसार समिति गठन गरि आआफ्नो ठाउँ बाट नेपाली कांग्रेसका उमेदवार लाई जिताउन पहल गर्ने निर्णय गरेको छ ।

साथै कुस्मा नगर कार्य समितिका कोषाध्यक्ष शिबराज शर्मा को संयोजकत्वमा कुस्मा नगर स्तरीय आर्थिक परिचालन समिति गठन गरेको छ । बैठकमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार अर्जुन प्रशाद जोशीले अहिले बामपंथी हरूको गठबन्धन बिरूद्ध नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठवन्धन वनाएर चुनावी मैदानमा उत्रिएकाले सम्पूर्ण लोकतन्त्रमा विस्वास गर्ने पर्वतबासी जनताले नेपाली कांग्रेसलाई विजयी गराउन रूख चिन्हमा मतदान गरि लोकतन्त्रको रक्षा तथा संविधानसभा सभा बाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न, राजनैनिक स्थायित्व आर्थिक सम्वृद्धी रोजगारीको सृजना र दिगो विकास का लागि नेपाली कांग्रेसलाई विजयी गराउन नगर समितिलाई आग्रह गर्नुभएको थियो । अहिलेसम्म लोकतन्त्रवादीको नै जित भएकाले यसपटक पनि नेपाली कांग्रेसले नै विजय प्राप्त गर्ने विस्वास गर्नुभयो ।

त्यस्तै बैठकमा बोल्दै प्रदेश सभा सदस्य पर्वत क का उमेदवार नवराज गुरूङले विपिको समाजवाद लाई साकार गर्नकै लागि आफ्नो उमेदवारी दिएको बताउनु भयो । नेपाली जनताको अधिकारको लागि २०३० साल देखि विभिन्न आन्दोलनका क्रममा जेलनेल भोग्दै लोकतान्त्रिक आन्दोलन बाट प्राप्त उपलब्धि तथा नागरिक अधिकारको रक्षा पर्वत जिल्ला को आर्थिक सामाजिक बिकास को लागि नेपाली कांग्रेसका उमेदवार लाई मतदान गर्ने बिस्वास व्यक्त गर्नुभयो ।

अहिले पर्वत कांग्रेसमा कुनै किसिमको तिक्तता नरहेको तथा अर्जुन जोशी नवराज गुरूङ लालकाजि गुरूङ लगाएतका नेता एकजुट भएर चुनावी मैदान निस्केको हुदा नेपाली कांग्रेसलाई कुनै गठबन्धनले रोक्न नसक्ने धारणा राख्नू भयो ।

नगर सभापती रामचन्द्र जोशीले वडा, वडा , टोलटोलमा सकृयताका साथ चूनाव प्रचार प्रसार गर्न सवै नगरसदस्यहरुलाई आग्रह गर्नु भयो । उहांले नगरवासी सवै जनताहरुलाई लोकतन्त्रको पक्षमा आप-नो अभिमत प्रकट गर्नका लागी रुख चिन्नहमा मतदान गर्न आव्हान समेत गर्नु भयो ।

बैठकमा पार्टी सभापति खिमप्रशाद भुषाल माहाधिबेसन प्रतिनिधि तथा कुस्मा नगरपालिका उप प्रमुख सीता काफ्ले लामिछाने ,महाधिवेशन प्रतिनिधि युवा नेता युवराज जोशी पार्टी सचिव युक्त प्रशाद श्रेष्ठ लगाएतका नेताहरूको विशेष उपस्थितिमा बैठक सम्पन्न भएको थियो । कुस्मा नगर सभापति एंव नगर प्रमुख रामचन्द्र जोशी को सभापतित्वमा भएको बैठकको संचालन कुस्मा नगर सचिव सुरेन्द्र केसीले गर्नुभएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here