१६ कार्तिक चितवन । चितवनबाट उम्मेदवारी दिने काँग्रेस नेताहरुको टुंगो लागेको छ ।

चितवन निर्वाचन क्षेत्र नः १ मा नेपाली काँग्रेसले राजेन्द्र बुर्लाकोटीलाई उम्मेद्वार बनाएको छ । यसअघि पनि बुर्लाकोटी उमेद्वार थिए ।  प्रदेशतर्फ भने चितवन क्षेत्र नः १ को प्रदेश क्षेत्र (क) मा धनबहादुर गुरुङ र (ख) मा उत्तम आर्चायलाई काँग्रेसले उम्मेदवार बनाएको छ।

यस्तैं, क्षेत्र नः २ बाट शिक्षा राज्यमन्त्री समेत रहेका शेषनाथ अधिकारी काँग्रेसको उम्मेद्वार बनेका छन् । काँग्रेसले प्रदेश क्षेत्र नं. २ (क)मा जिल्ला सभापति जितनारायण श्रेष्ठलाई र (ख) मा प्रकाश अधिकारीलाई टिकट दिएको छ ।

यस्तैं, क्षेत्र नः ३ मा राप्रपा (प्रजातान्त्रिक) का उपाध्यक्ष विक्रम पाण्डेलाई काँग्रेसले अघि सारेको छ । प्रदेश क्षेत्र नं.३ (क) मा काँग्रेसले दिनेश कोइराला र (ख) मा साजनकुमार महतोलाई उम्मेदवार बनाएको छ ।

(क) का उम्मेद्वार कोइराला यसअघि भरतपुर महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएपनि पार्टीले टिकट खोसेको थियो ।

यता कम्युनिष्ट गठवन्धनबाट चितवन निर्वाचन क्षेत्र नः १ मा एमाले नेता सुरेन्द्र पाण्डे मैदानमा छन् क्षेत्र नम्वर २मा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल उम्मेदवार छन् ।

क्षेत्र नम्वर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन्। दाहाललाई पाण्डेले सजिलै हराउने दावी गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here