१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रदेशसभाको टिकट अस्वीकार गरेका छन् ।

कांग्रेस संसदीय समितिले निवर्तमान सांसद समेत रहेका गुरुङलाई स्याङ्जा १ को खमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, प्रतिनिधिसभा सदस्यको दाबेदार गुरुङले प्रदेशमा नजाने अडान लिँदै पार्टी निर्णय अस्वीकार गरे ।

‘मुख्यमन्त्री हुने हो । तपाईलाई प्रदेशसभामा उम्मेदवार बनाउने निर्णय भएको छ भन्दै गोपालमान श्रेष्ठले फोन गर्नु भएको थियो’ गुरुङले अनलाइनखबरसँग भने ।

लगतै बालुवाटार पुगेर गुरुङ संसदीय समितिका सदस्यहरुका सामू टिकट नलिने घोषणा गरेका छन् ।

‘संघको दिने भए दिनुस् नभए प्रदेशको टिकट तपाईहरु नै राख्नुस् भनेको छु’ गुरुङले भने ।

मन्त्री त नबनाउनेले मुख्यमन्त्री बनाउँछु भनेर दिएको आश्वासनमा आफू नपर्ने गुरुङले बताए ।

स्याङ्जा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा राजु थापालाई टिकट दिइएको छ । प्रदेशतर्फ ‘क’मा कमल पंगेनीलाई टिकट दिइएको छ । २ मा प्रतिनिधिसभातर्फ गोपालमान श्रेष्ठ र प्रदेशतर्फ ‘क’मा विष्णु पौडेल र ‘ख’मा भगतप्रकाश मल्ललाई उम्मेदवार बनाउने निर्णय भएको कांग्रेसले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here