संजय रेग्मी
असोज १४, २०७४

पर्वत : पर्वतको कुश्मा नगरपालिका वडा नं. ४ छमर्के स्थित घुम्तीमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यू भएको छ । मंगलबार साँझ पौने ६ बजे कुश्माबाट बागलुङतर्पm जाँदै गरेको बसमा ठोक्किएर स्कुटर चालक जलजला गाउँपालिका वडा नं. ९ बनौँ घर भई कुश्मा नगरपालिका वडा नं. ४ छमर्के बस्ने ३३ बर्षिय धनबीर पुनको मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए । कुश्मा तर्पm आउँदै गरेको ध १ प ६५८६ नम्बरको स्कुटर ग १ ख ५७८० नम्बरको बसमा ठोक्किएको थियो । ट्राफिक प्रहरीको अनुषन्धानको क्रममा, घुम्तीमा स्कुटर नियन्त्रण बाहिरको तिब्र गतिमा रहेका कारण बसमा ठोक्किन पुगेको हो । दुर्घटना लगत्तै घाईते भएका पुनलाई प्रहरीको भ्यानले उपचारको लागि जिल्ला अस्पताल पर्वतमा ल्याएको भएपनि उपचारको केही समयमा नै उनको मृत्यू भएको र शवको पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला अस्पताल पर्वतका प्रहरी जवान पूर्णबहादुर भण्डारीले जानकारी दिए । घट्नाको अनुषन्धानको लागि बस र बसका चालक मकवानपुर हेटौँडा नगरपालिका वडा नं. १५ का २७ बर्षिय काजीमान पाख्रिनलाई जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here