१३ कार्तिक पर्वत । हिजो दिउँसो परेको असिनापानीले पर्वतको बाँसखर्कमा लाखौ मुल्य बरावरको बालीनाली क्षती भएको छ । असिनापानीले धान,कोदो , सुन्तला, टमाटर, खुसार्नी लगायतका बालीमा ५० प्रतिशत क्षति पुगेको किसानहरुले गुनासो गरेका छन् ।

असिनापानीका कारण सुन्तालामा सबैभन्दा वढि क्षती पुगेको छ । उक्त क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र मानिन्छ । त्यस्तै असिनापानीले बाँसखर्कमा क्षेत्रमा लगाएको साग, खुर्सेनी, गोलभेडा लगायतका तरकारीमा क्षती पुगेकोे जलजला गाउँपालिका– १ बाँसखर्कका वडा अध्यक्ष तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै आईतवार हिजो दिउँसो परेको असिनापानीका कारण जिल्लाको आर्थरडाँडाखर्क, राम्जा, चित्रे लगायतका ठाउँमा वालीनालीमा क्षती भएको छ । कोदो, धान, तरकारी लगायतका वालीहरुमा क्षती भएको कृषकहरुले जानकारी दिएका छन् ।

क्षतीको रिपोर्ट ल्याउन कृषिका प्राविधिक आज पठाउने तयारी भएको जिल्ला कृषि विकास अधिकृत वासुदेव रेग्मीले वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here