९ कार्तिक पर्वत जिल्ला भरी कार्य क्षेत्र भएको सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको एक भव्य समाहरोहका विचमा होटल वेन्जू प्रा लि मा आठौं साधारण सभा उद्धघाटन कार्यक्रम सम्पन्न भएको छ । उक्त आठौं साधारण सभामा शेयर सदस्यहरु झण्डै दुई सय जनाको उपस्थित रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि शेयर सदस्य एवं  कूश्मा नगरपालिकाका उप प्रमूख सीता काफ्ले लामिछानेले पानसमा वत्ति वाली उद्ध्घाटन गर्नु भयो । उद्घाटन मन्तव्य राख्दै उहांले यस सहकारीको जिल्ला भरी कार्यक्षेत्र भएकाले आगामी दिनमा सवै स्थानिय निकायका केन्द्रहरुमा सेवा प्रदान गर्न सुझाव दिनु भयो । नयां व्यवस्थापनमा आए पछि यस सहकारीले छोटो समयमा गरेका गतिविधिहरुको प्रशंसा गर्नु भयो । आठौं साधारण सभाको सफलताका लागी शुभकामना समेत व्यक्त गर्नु भयो ।

सहकारी भनेको एकका लागी सवै र सवैका लागि एक हो वर्तमान कार्य समितिले सहकारीको सिद्धान्त अनूरुप सफल तरिकाले सहकारी संचालन गरेको जानकारी गराउर्दै संस्थाका सचिव लिलाधर तिवारीले वार्षिक प्रगति प्रतिवेदन र आगामी वर्षका लागी निति तथा कार्यक्रम पेश गर्नु भएको थियो । त्यसै गरि आ.व. ०७३\०७४ को यथार्थ आय व्यय र आगामी चालु आ.व.०७४\०७५ को प्रस्तावित ५ करोड चवन्न लाखको अनुमानित आम्दानी खर्चको आर्थिक प्रतिवेदन कोषाध्यक्ष पृथ्वी नारायण शर्माले पेस गर्नु भएको थियो

कार्यक्रममा प्रजातान्त्रीक विचार समाजका सभापति सूभास पन्त,शेयर सदस्यहरु तुप्ला शाक्य लगायतले सूझाव पेश गरेका थिए । साधारण सभाले लेखापरिक्षक नियूक्ती,वार्षिक प्रगति प्रतिवेदन र आगामी कार्यक्रम पारित,विनियम संशोधन,ऋण निति पारित गरेको कुरा सहकारी संचालक समितिका सदस्य सदस्य मुना शर्मा लामिछानेले जानकारी दिनुभयो । उक्त कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष गणेश वहादुर क्षेत्रीले गरेका थिए भने संचालन सहकारीका सदस्य मूना शर्मा लामिछानेले गर्नु भएको थियो । २ सय ८१ जना शेयर सदस्य रहो उक्त सहकारीमा ३४५ जना दैनिक वचत गर्ने सदस्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here