९ कार्तिक काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेक प्रताप साह नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच कपिलवस्तु निर्वाचन क्षेत्र नं ५ का सांसद समेत रहेका साह कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा साहलार्इ प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले टिका लगाएर स्वागत गरेका हुन् । सभापति देउवाले रामेछापका नेता तथा कार्यकर्ताहरुलाई पनि सोही कार्यक्रमबाट काँग्रेसमा प्रवेश गराएका थिए । उक्त पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य एनपी साउदलगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here