९ कार्तिक कूश्मा पर्वत जिल्लामा प्रतिनिधि सभाका लागी १ जना सदस्य र प्रदेश सभाका लागी २ जना सदस्य निर्वाचन गर्नका लागी मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला स्तरमा चुनावलाई स्वच्छ,मर्यादीत र धादली रहित तरिकाले सम्पन्न गर्न मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
आज एक समाहरोहका विच जिल्ला अदालत पर्वतका न्यायधिस मूख्य निर्वाचन अधिकृत धुर्व सापकोटाले कार्यालयको वोर्ड हस्तान्तरण गर्दै कार्यालय स्थापना गरेका हून।
कार्यालयको वोर्ड हस्तान्तरण गर्दै मूख्य निर्वाचन अधिकृत समेत रहेका जिल्ला न्यायधिस धुर्व सापकोटोले अव मूलक निर्वाचनमा होमिएकाले त्यसको कार्य स्वरुप पर्वत जिल्लामा पनि मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनना गरिएको जानकारी दिए ।
उक्त कार्यक्रममा प्रमूखजिल्ला अधिकारी,स्थानिय विकास अधिकारी,सूरक्षा निकायका प्रमूखहरु, पत्रकार,कार्यालय प्रमूख, नागरिक समाजका प्रतिनधिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संचालन जिल्ला निर्वाचन अधिकारी लक्षू प्रसाद शर्माले गरेका थिए ।
कार्यालय स्थापना संगै पर्वत जिल्लामा चूनावी माहोल सृजना भएको महसूस भएको छ । यता दलहरुले भने टिकट वितरणमा तिव्रता दिएका छन् हाल सम्म पनि कूनै दलको टिकत वितरणको टुड्गो लगाएको जानकारी भने प्राप्त भएको छैन ।