८ कार्तिक काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी) की नेतृ तथा नुवाकोट प्रतिनिधिसभा क्षेत्र नम्बर २ की उमेदवार राज्यलक्ष्मी पाण्डे (श्रेष्ठ) ले पार्टी परित्यागको घोषणा गरेकी छन् । उनले बुधबार प्रेस वक्तव्य जारी गरेर राप्रपा (राष्ट्रवादी) ले दिएको उमेदवारी फिर्ता लिएर कांग्रेस प्रवेश गरेको घोषणा गरेकी हुन् ।

लोकतन्त्रको स्थायित्व र सुदृढीकरणमाथि बढ्दै गएको जोखिम र लोकतन्त्रका आधारभूत मूल्यमान्यता र व्यवस्थामाथिको खतरा रोक्न कांग्रेस प्रवेश गरेको उनको भनाइ छ । नेतृ पाण्डेले कांग्रेस नेता अर्जुननरसिंह केसीको समर्थनका साथ आफ्नो उमेदवारी परित्याग गर्दे कांग्रेस प्रवेश गरेको विज्ञप्तिमार्फत जनाएकी छन् ।

उनले विज्ञप्तिमा राप्रपा (राष्ट्रवादी) बाट निर्वाचन आयोगमा दर्ता गरेको उमेदवारी फिर्ता लिइसकेको र आजैका मितिवाट नुवाकोटका सबै क्षेत्रमा कांग्रेसलाई जिताउन क्रियाशील रहने प्रतिवद्धता जनाएकी छन् । नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने विदुर नगर क्षेत्रका जनतामाझ लोकप्रिय नेतृ श्रेष्ठ कांग्रेस प्रवेशसँगै आगामी निर्वाचनमा कांग्रेस नेता केसीको जीतमा सहज हुने अनुमान गरिएको छ ।

उनी २०५४ सालको स्थानीय निर्वाचनमा राप्रपाको तर्फवाट विदुर नगरपालिकामा उपमेयरको प्रतिस्पर्धी भएदेखि निरन्तर उक्त पार्टीको विभिन्न तहमा रही राजनीतिमा क्रियाशील थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here