८ कार्तिक मलेसिया । मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ । त्यहाको पेनाङ शहरमा दुईवटा बस एक आपसमा ठोकिएर उक्त दुर्घटना भएको हो ।

बसमा इण्डोनेसियन र नेपाली कामदारहरु रहेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । दुर्घटनामा सवार ३३ जना गम्भीर घाइते भएका छन् भने बसमा ४३ जना भन्दा बढी सवार थिए । मृतकको सनाखत हुन सकेको छैन।

एउटा बसको इन्जिनमा समस्या आएको र अर्को बसको ब्रेक फेल भएकोले उक्त दुर्घटना भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here