८ कार्तिक काठमाडौं :नयाँ शक्तिका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ यतिबेला गोरखा क्षेत्र नं. २ को चुनावी प्रतिस्पर्धामा छन्। २०७२ असोज ९ गते माक्र्सवाद नै परित्याग गरी नयाँ शक्ति बनाएका भट्टराई दुई वर्षपछि असोज १७ गते वाम गठबन्धनमा सामेल भएका थिए।
२०७५ सालमा देशकै पहिलो शक्ति बन्ने सपना बोकेर बाहिरिएका बाबुरामलाई त्यतिबेला ठूलो झड्का लाग्यो, जतिबेला नयाँ शक्तिले स्थानीय निर्वाचनमा दुर्इ सिट मात्र जित्यो। नयाँ शक्तिको पराजय त्यतिमै रोकिएन, देवेन्द्र पौडेललगायतका अधिकांश पूर्वमाओवादी नेता-कार्यकर्ता माओवादी केन्द्रमै फर्किए। त्यही झड्काले बाबुराम जसरी पनि सुरक्षित राजनीतिक अवतरण चाहन्थे, एमाले-माओवादी समीकरणमै मिसिनु उनले मौकामा चौका ठाने। असोज १७ गतेको वाम तालमेल सभामा बाबुरामले एकता र समाजवादको वकालत गरे। तर, आफ्नो सात मिनेट लामो भाषणमा माक्र्सवादको भने उच्चारण गरेनन्।
देवेन्द्र पौडेल माओवादी फर्केपछि नयाँ शक्तिमा पूर्वपञ्च र पूर्वकर्मचारी मात्रै बाँकी रहे। उनीहरुले माक्र्सवाद मान्ने हो भने हामी किन तपाईको पार्टीमा बस्ने ? हामी कुनै हालतमा वामपन्थी हुन सक्दैनौं भनेर भट्टराईको सातो लिएपछि उनी अप्ठ्यारोमा परे। दक्षिणको निरन्तरको दबाबले उनी वाम गठबन्धनमा टिक्न सकेनन् र वाम गठबन्धन तोडिएको घोषणा गरे।
कतिपयले बाबुराम बाहिरिनुमा गोरखा २ को विवाद भएको अनुमान पनि गरे। तर, त्यो मात्रै कारण थिएन। एमाले-माओवादी दुवै भट्टराईलाई गोरखा १ वा काठमाडौंबाट प्रत्यक्ष चुनाव लडाउन तयार थिए। तर, पार्टीभित्रकै दबाब र दक्षिणको चेतावनीले उनी अप्ठ्यारोमा परे। त्यसपछि नयाँ शक्तिको मूख्य टिममा गठबन्धनबाट बाहिरिने विषयमा छलफल चलेको नयाँ शक्तिका एक नेताले बताए।
वाम गठबन्धनबाट बाहिरिने बहानाका लागि स्थानीय चुनावमा ७१००० मत पाएको नयाँ शक्तिले संघीय संसदमा २३ सिट र प्रादेशिक संसदमा ४४ सिट माग्यो। गोरखा-२ मै माओवादीको १८००० मत हुँदा ७९०० मत रहेको नयाँ शक्तिलाई २३ सिट दिने कुरा एमाले-माओवादीको कल्पना बाहिरको कुरा थियो । उनीहरुले नयाँ शक्तिको प्रस्ताव मानेनन्। बाबुराम चाहन्थे, यही प्रस्तावका कारण गठबन्धनबाट निस्कन सकियोस्। अन्तिममा प्रत्यक्षमा १ सिट पनि जित्न कठिन भएको नयाँ शक्ति सम्मानजनक सिट नपाएको दाबीसहित गठबन्धनबाट बाहिरियो।
एमाले-माओवादी गठबन्धनमा संघमा २३ र प्रदेशमा ४४ सिट दाबी गरेको नयाँ शक्ति संघमा २ सिट र प्रदेशमा ४-५ सिट लिएर कांग्रेस गठबन्धनमा सामेल भएको छ। नयाँ शक्तिले संघमा गोरखा-२ र रसुवा लिएको छ भने बाँकी सबै ठाउँमा रुखमा भोट हाल्दैछ। एमाले-माओवादीसँग २३ सिट मागेका बाबुराम दुर्इ सिट पाएर कांग्रेससँग गठबन्धन गर्नुमा दक्षिणकै दबाब रहेको विश्लेषण छ। उ