७ कार्तिक  प्रधानमन्त्री शेरबहादुर देउवाले  बिना विभागीय बनाउँदै जिम्मेवारी खोसेका माओवादी मन्त्रीहरू मन्त्रिपरिषद बैठकमा भने सहभागी भएका छन्।

माओवादी मन्त्रीहरू टेकबहादुर बस्नेत, प्रभु शाह र सन्तकुमार थारु मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन्। माओवादीबाट सरकारको नेतृत्व गरेका कृष्णबहादुर महरा र यसअघि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका जनार्दन शर्मा भने मन्त्रिपरिषद बैठकमा गएका छैनन्।

सरकारमा हाल माओवादीका ९ मन्त्री रहेका छन्। गत असोज ३१ गते सरकारबाट बाहिरिने तयारी गरेपनि अन्तिम समयमा माओवादी मन्त्रीहरू चुनाव सार्ने चलखेल भएको भन्दै मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए। प्रधानमन्त्री देउवाले पछिल्लोपटक गत असोज २९ गते राप्रपाबाट मन्त्री थप्दै सरकार विस्तार गरेका थिए।

हाल माओवादीले जिम्मेवारी सम्हालेका कतिपय मन्त्रालय राप्रपाका मन्त्रीहरूले सम्हालिरहेका छन्। माओवादी मन्त्रीहरू बिना विभागीय बनाइएपछि सिंहदरबार भने जाने गरेका छैनन्। तर मन्त्रिपरिषद् बैठकमा भने आज तीन मन्त्री सहभागी भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here