६ कार्तिक इलाका प्रशासन कार्यालय धरानका तीन जना नायव सुब्बा (नासू) सेवाग्राहीबाट घुस लिदै गर्दा इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पक्राउ गरेको छ । आयोगका डिएसपी मुकुन्द रिजालको नेतृत्वमा खटिएको टोलीले इप्रका धरानका नायव सुब्बा युवराज पोखरेल, हर्कराज राई, र मोहन सुवेदीलाई पक्राउ गरेको आयोगले जनाएको छ ।

बराह नगरपालिका–२ का एक सेवाग्राहीलाई नागरिकताको जन्म मितिको महिना सच्याउनको लागि भन्दै २० हजार रुपैया घुस लिएको थिए । उनको जन्ममितिमा एक महिनाको फरक रहेको र सो सच्चाउन पैसा लाग्ने भन्दै उनीहरुले झुलाउँदै आएका थिए ।

जन्म मिति सच्याउनको लागि सम्बन्धित नगरपालिकाको वडा कार्यालयमा निवेदन दिएपछि उक्त निवेदनको आधारमा प्रक्रिया पु¥याएको कागजात हेरेर प्रशासनले सच्याउने प्रावधान छ । सो बापत नपा वा प्रशासनलाई कुनै शुल्क तिर्नु पर्दैन । तर, सो काम गर्न रकम लाग्ने भन्दै पैसा लिएको डिएपी रिजालले जानकारी दिए ।

राई नागरिकता प्रतिलिपी फाँटका नासु हुन् । पोखरेल स्थानीय प्रशासन र सुवेदी राहदानी फाँटका नासु हुन् । राई मार्फत पैसा लिएर राजस्व फाँटका सुवेदीको ड्रबाट घुस रकम फेला पारिएको डिएपी रिजालले जानकारी दिए ।

पीडितका अनुसार, जन्ममितिको महिना सच्याउनको लागि सेवाग्राही तिहार अघिदेखि नै इप्रका गएका थिए । सच्याउनको लागि रकम लाग्छ भनेका थिए । पैसा लाग्ने विषयमा एक स्थानियलाई भने पछि उनले अख्तियारलाई खवर गरेको बताए । पैसा नभइन्जेलसम्म कामसमेत अघि नबढाएको उनले बताए ।

त्यसपछि इटहरीबाट पैसा ल्याउनुपर्ने छ भनेर भनेपछि पैसा आएपछि मात्रै काम अघि बढाएको उनले बताए । यता पोखरेल र सुवेदीले आफूलाई राईले फँसाएको बताएका थिए । डिएसपी रिजालले भने पैसा लिँदै गरेको अवस्थामा रंगेहात तीनजनालाई पक्राउ गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here