६ कार्तिक गाईघाट: प्रहरीले प्रतिवन्धित जुवाको खालबाट बुधबार राती उदयपुरमा ३ लाख ५८ हजार ९ सय ८० नगदसहित ३० जनालाई पक्राउ गरेको छ। जुवा खेल्दै गरेको गोप्य सूचनाका आधारमा प्रहरीले त्रियुगा नगरपालिका ११ संगमटोलबाट २० जना र रौतामाई गाउँपालिका ७ मुर्कुची बजारबाट १० जना प्रक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका ११ का सुमन्त कोईराला, दिपन राई, बलबहादुर कार्की, टामेन्द्र राई, डम्बर राई, भबिन्द्र खत्री रहेका छन। त्यसैगरी त्रिनपा ११ कै बिश्व राई, सुनिल राई, राजु तुलाधर, चुडामणी राई, नबिन बस्नेत, बि.एन. राई, रमेश बुढाथोकीलाई पक्राउ गरिएको छ।

प्रहरीले सोही ठाउँबाट त्रिनपा १० बस्ने किरण पाण्डे, जिवन पाण्डे, रामकुमार श्रेष्ठ, राम खड्का, त्रिनपा १२ बस्ने चक्र ब.राई, त्रिनपा ८ का हरि बस्नेत र त्रिनपा ५ का पृथ्वी राईलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरी प्रमुख एसपी नवराज भट्टको नेतृत्वमा रहेको टोलीले घर घेराहाली छापा मार्दा नगद दुईलाख ७२ हजार ९ सय ८० सहित ३२ थान कौडा, ६ सय ८७ पत्ती तास मोवाईल थान २१ समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

उता जुवा खेलिरहेको अवस्थामा मुर्कुची बजारबाट टेकबहादुर बलम्पाकी मगर, भीमबहादुर मगर, धर्म तामाङ, सबिन आले, त्रियुगा नगरपालिका ७ बस्ने जगत मगर लगायत १० जना रहेका छन्।

रौतामाई गापा ७ मुर्कुचि बजार स्थितमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सुकौराको प्रहरी टोलीले पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जुवा खेल्नेहरुको साथबाट ८६ हजार नगद सहित १६ थान कौडा बरामद गरेको उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको छ।

दशैको बेला असोज १३ गते राती जिल्ला प्रहरीले तास खेलिरहेको अवस्थामा केही व्यक्ति पक्राउ गरि गल्ती नगर्ने शर्तमा छाडेको थियो।

जुवा ऐन २०२० अनुसार जुवा खेलेमा पहिलो पटकलाई दुई सयसम्म जरिवाना, दोस्रो पटकलाई एक महीना देखि तीन महीनासम्म कैद र तेस्रो पटक देखि १ वर्ष कैद हुने व्यवस्था छ। अन्नपूर्णपोष्ट वाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here