५ कार्तिक काठमाडौं। राजिव गुरुङ ‘दीपक मनाङ्गे’ले प्रदेशसभाका लागि स्वतन्त्र उमेदवारी दर्ता गर्ने भएका छन् । यसअघि एमालेबाट मनाङ १ बाट प्रदेशका लागि स‍‍र्वसम्मत सिफारिस भएका मनाङ्गेलाई केन्द्रबाट नाम काटिएपछि स्वतन्त्र उमेदवारी दिने तयारी गरेका हुन् ।

उमेदवारी दर्ता गर्न मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेका मनाङ्गेले  भने, “मलाई मनाङका जनताले मन पराएका छन्। म चुनावी तयारीमा जुटिसकेको छु । स्वतन्त्र उठेरै भएपनि चुनाव जित्छु। एमालेले नदिएपनि सबैको चाहनाअनुसार म चुनाव लड्छु ।”

यसअघि राप्रपा मनाङका अध्यक्ष रहेका मनाङ्गे सम्पूर्ण कार्यसमिति नै साथमा लिएर एमाले प्रवेश गरेका थिए । बाह्रखरी बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here