५ कार्तिक काठमाडौं: आइतबार बिहानै राजधानीमा गोली चलेको छ । काठमाडौको म्हेपीमा बिहान उज्यालो नहुँदै गोली चलेको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रविन्द्र धनुकले जानकारी दिए ।

घटनालगत्तै खटेको प्रहरी टोलीले गोली हान्न संलग्न प्रमुख अभियुक्तसहित पाँच जनालाई पक्राउ गरिसकेको छ । घटनाबारे अनुसन्धान भइरहेको र गोली हान्न संलग्नलाई छिट्टै सार्वजनिक गर्ने समेत एसएसपी धनुकले जानकारी दिए ।

अपरिचित व्यक्तिले हानेको गोली लागेर स्कुटरमा सवार काठमाडौं रानीवनका कल्याण गुरुङ घाइते भएका छन् । घाइते गुरुङको खुट्टामा गोली लागेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here