४ कार्तिक वागलुङ। नेपाली काँग्रेसले वागलुङका २ निर्वाचन क्षेत्रका ५ जना उमेद्वारको नाम टुङग्याएको छ। शुक्रवार बसेको काँग्रेस संसदीय वोर्डको वैठकले ६ नाममा सहमति जनाउँदै टुङग्याएको हो।

मंसिर १० गते हुने चुनावका लागि काँग्रेसले सबै पुस्ताको प्रतिनिधित्व हुने गरि टिकट वितरण गरेको छ। काँग्रेसले प्रतिनिधि सभाका २ स्थान मध्ये क्षेत्र नम्वर १ मा वहालवाला राज्यमन्त्री चम्पादेवी खड्कालाई काँग्रेसले उमेद्वार बनाएको छ।

प्रदेश सभाको पनि काँग्रेसले टुङ्ग्याएको छ। प्रदेश ४ अन्तर्गत वागलुङ क्षेत्र नम्वर १ को क मा दिपेन्द्र थापा र १ ख मा प्रकाश पौडेल उमेद्वार हुने भएका छन्। पौडेल २०७० मा निर्वाचित सांसद थिए।

प्रतिनिधि सभाको २ नम्वर क्षेत्रमा निरज पुन उमेद्वार हुने भएका छन्। सोहि क्षेत्रको प्रदेश क मा मञ्जेश बम मल्ल र प्रदेश ख मा जीत शेरचनलाई पार्टीले उमेद्वार बनाउने भएको छ।

काँग्रेसले पहिलो चरणमा चुनाव हुन  जिल्लाका अधिकांश टिकट वितरण सकेको वताए पनि अझै कतिपय जिल्लामा अन्यौल रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here