४ कार्तिक, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् ।

दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेको हो, जसलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ । आजै उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण गरिने माओवादी नेता एवं कार्यदल सदस्य वर्षमान पुनले अनलाइनखबरलाई जानकारी दिए ।

दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो ।

पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् ।

 कार्यदलमा सिन्धुपाल्चोक, रामेछाप, धादिङ लगायतको सिट बाँडफाँटमा सकस देखिएको थियो । सिन्धुपाल्चोक १ माओवादीले लिएको छ भने २ एमालेको भागमा परेको छ ।

गोरखाको दुबै क्षेत्रसँगै रामेछाप माओवादीले लिँदा धादिङको दुबै क्षेत्र एमालेले लिएको छ । नुवाकोट १ माओवादी र २ एमालेको भागमा परेको छ भने बाग्लुङ १ एमाले र २ माओवादीले लिएको छ ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका सिटहरू यसरी बाँडफाँट गरिएको छ ।

एमालेले प्रदेश सभामा

ताप्लेजुङ (क), पाँचथर (क), संखुवासभा (ख), भोजपुर (क र ख), सोलुखुम्बु (क र ख), ओखलढुंगा (क), खोटाङ (क), दोलखा (ख), रामेछाप (क र ख) रसुवा (क), सिन्धुपाल्चोक-१ (ख) र सिन्धुपाल्चोक-२ (ख) , नुवाकोट-२ (क), लम्जुङ (क र ख), धादिङ-१ (क), धादिङ-२ (क), मनाङ (क र ख), म्याग्दी (ख), गोरखा-१ (ख) बाग्लुङ-१ (ख), बाग्लुङ-२ (ख), डोल्पा (क), जुम्ला (ख), कालिकोट (क), जाजरकोट (क र ख) बझाङ (क), बाजुरा (क र ख), बैतडी (ख) र दार्चुला (क) पनि एमालेको भागमा परेको छ।

माओवादी केन्द्र

ताप्लेजुङ (ख), पाँचथर (ख), संखुवासभा (क), ओखलढुंगा (ख), खोटाङ (ख), दोलखा (ख), रसुवा (ख), सिन्धुपाल्चोक- १ (क), २ (क), नुवाकोट-१ (क), धादिङ-१ (ख), गोरखा-१ (क), गोरखा-२ (क) र (ख), बाग्लुङ-१ (ख), बाग्लुङ- २ (ख), म्याग्दी (क) र रोल्पा (क र ख) लिएको छ । यस्तै, रुकुम पूर्व (क र ख), जुम्ला (क), कालिकोट (ख) हुम्ला (क र ख), रुकुम पश्चिम (क र ख), डोल्पा (ख), बझाङ (ख), बैतडी (क) र दार्चुला (ख) पनि माओवादी केन्द्रको भागमा परेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here